नयाँ नक्साको स्वागतमा घोडाघोडीमा पनि दीप प्रज्ज्वलन गरि खुशीयाली मनाइयो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नयाँ नक्साको स्वागतमा घोडाघोडीमा पनि दीप प्रज्ज्वलन गरि खुशीयाली मनाइयो



विशाल पाण्डेय / कैलाली –

प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसियाली मनाइएको छ ।

नेपालको संविधानको निसान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा राख्ने गरी संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसियालीमा शनिबार कैलालीको विभिन्न ठाउँमा खुशीयाली मनाइएको हो । यसै क्रममा जिल्लाको घोडाघोडी नगरपालिकामा पनि दीप प्रज्ज्वलन गरि खुशीयाली मनाइएको छ । राष्ट्रिय युवा संघ नेपाल , घोडाघोडी नगर कमिटीको आयोजनामा सुखडमा दिप प्रज्ज्वलन गरिएको हो ।

दीप प्रज्ज्वलनमा सहभागी हुँदै घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसियाली छाएको बताए । उनले निसान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा राख्ने गरी संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएको उपलक्ष्यमा दीप प्रज्ज्वलन गरिएकोमा राष्ट्रिय युवा संघ नेपाल , घोडाघोडी नगर कमिटीलाई धन्यवाद व्यक्त गरेका छन् ।

भारतले अतिक्रमण गरेको भूमि समेटेर सार्वजनिक गरेको नयाँ नक्सा संविधानको अनुसूचीमा राखेको खुसियालीमा दीप प्रज्ज्वलन गरिएको राष्ट्रिय युवा संघ नेपाल , घोडाघोडी नगर कमिटी संयोजक होम तामाङले बताए ।

यसैगरी घोडाघोडी नगरपालिका- १० पहलमानपुरमा नेपाल कम्युनिस्ट पार्टी वार्ड कमिटिको आयोजनामा दिप प्रज्ज्वलन गरि खुशियाली मनाइएको छ । त्यस्तै लम्कीचुहा नगरपालिका लगायतका ठाउँमा पनि दीप प्रज्ज्वलन गरि खुशियाली मनाइएको हो ।