बालुवाटारमा तयार भयो नयाँ मन्त्रीहरूको खाका - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बालुवाटारमा तयार भयो नयाँ मन्त्रीहरूको खाका



काठमाडौं । लामो समय चर्चाको विषय बनेको मन्त्रिमण्डल हेरफेर गर्ने खाका तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल परिवर्तन गर्नेगरी तयारी गरेको बालुवाटार उच्च स्रोतको दाबी छ।

नेकपाका शिर्ष नेताहरूसँग छलफल गरी यो खाका तयार गरेको बताइएको छ । स्रोतका अनुसार बिहिबार प्रधानमन्त्री ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड करीव दुई घण्टा यस विषयमा छलफल गरेका थिए ।

त्यसअघि ओलीले मन्त्रिमण्डल हेरफेरबारे मंगलबार अर्का नेता माधवकुमार नेपाल र प्रस्तावित उपाध्यक्ष वामदेव गौतमसँग समेत छलफल गरेका थिए । कार्यसम्पादनमा कमजोर भएका मन्त्रीहरूको खाका तयार भएको स्रोतले जनाएको छ । त्यसक्रममा कतिपयको मन्त्रालय परिवर्तन समेत गरिने भएको छ ।

नयाँ सरकार बनेकै केहि महिनापछि सुरू भएको यो चर्चाले पूर्णता पाउन भएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले सरकारले जनभावना अनुसार काम गर्न नसकेको निर्णय गर्दै केहि महत्वपुर्ण निर्णय गरेका छन् ।

शुक्रबार ९ बजे नेकपाको सचिवालय बैठक बोलाइएको छ । सो बैठकले नयाँ मन्त्रीको नियुक्तिबारे निर्णय लिने स्रोतले बताएको छ ।