विप्लवविरुद्ध प्रहरीको नयाँ 'अप्रेशन' - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विप्लवविरुद्ध प्रहरीको नयाँ ‘अप्रेशन’



काठमाडौं- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गतिविधिलाई नियन्त्रण गर्ने योजनाका साथ पूर्वका ६ जिल्लाका सुरक्षा निकायले नयाँ सुरक्षा योजना ल्याउने भएका छन् ।

धनकुटाको पाख्रीबासस्थित कृषि अनुसन्धान केन्द्रको सभाहलमा कोसी अञ्चलका ६ जिल्लाका सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले संयुक्त कार्ययोजना बनाएर अगाडि बढ्ने निर्णय गरेको हो ।

पूर्वका धनकुटा, तेह्रथुम, सुनसरी, भोजपुर, संखुवासभा र मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्टिय अनुसन्धान, नेपाली सेनाका प्रमुखसहितको बैठक शुक्रबार सम्पन्न भएको हो ।

बैठकपछि शनिबार जारी विज्ञप्तिमा सुरक्षा चुनौती रहेका सवालमा सीमा जोडिएका सबै ६ जिल्लाका सुरक्षा निकाय समन्वय गरेर अघि बढ्ने उल्लेख गरिएको छ ।

जसमा विप्लव समूहका गतिविधि निस्तेज पार्न संयुक्त रणनीतिक योजनालाई उच्च प्राथमिकतामा राखी अघि सारिने उल्लेख छ ।