न्यू स्टारले मनायो रजत जयन्ती - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

न्यू स्टारले मनायो रजत जयन्ती



सुखड,कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका-१ सुखडमा रहेको न्यु स्टार ईङ्लिस बोर्डिङ्ग स्कुलले रजत जयन्ती मनाएको छ । २०५१ सालमा स्थापना भएको विद्यालयले २५ वर्ष पुरा गरेको अवसरमा शुक्रबार रजत जयन्ती मनाएको हो ।

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष परयाग लाल भण्डारीको सभापत्तित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथी नाष्ट कजेल धनगढीका प्रमुख तथा अर्थविद शिवहरी मुडभरी रहेका थिए । प्रमुख अथितिको आसनबाट बोल्दै अर्थविद मुडभरीले सामुदायिक तथा संस्थागत विद्यालयलाई सरकारले एउटै खालको सेवा सुविधा दिनुपर्ने बताए । उनले एउटै पाठ्यक्रम पढेका अभिभावकका छोराछोरीलाई सरकारी विद्यालयमा छात्रवृत्ति दिन मिल्ने र निजि विद्यालयमा पढेका विद्यार्थीहरु लाई छात्रवृत्ति दिन नमिल्ने कुरा सरासर गलत भएको बताए । निजि क्षेत्र धरासायी भयो भने सरकारलाई खर्बौं रुपैया नोक्सान हुने समेत बताउदै अर्थविद मुडभरीले बालबालिकाको पहिलो बिद्यालय घर परिवार भएकाले उनीहरुको भबिष्य राम्रो बनाउन अभिभावकहरु सचेत र सजग बन्नु पर्ने बताए ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका प्रबक्ता तथा वडा नं १ का अध्यक्ष मनराज शाही, शिक्षा शाखा प्रमुख उमेश राज रेग्मी, प्रहरी निरिक्षक हरिशरण भट्ट लगायतले शुभकामना राखेको कार्यक्रममा पुर्व विद्यार्थी, सहयोगि ब्यक्तित्व, उत्कृष्ट विद्यार्थी ,शिक्षक अभिभावकहरुलाई सम्मान समेत गरिएको थियो । विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको कार्यक्रमको संचालन संचारकर्मी भानुभक्त आचार्य र रासी रिजालले गरेका थिए । रजत जयन्तीका अवसरमा न्यू स्टारको नयाँ लोगो समेत सार्वजनिक गरिएको छ ।