गुल्मीमा छायाङ्कन गरिएको तीजको कोसेली “गाजलु” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गुल्मीमा छायाङ्कन गरिएको तीजको कोसेली “गाजलु” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

विभिन्न गीत संगीतहरुलाइ बजारमा ल्याउदै गर्दा फेरि तीजको मौकामा योग्सना म्युजिक प्रा.लिले गाजलु बोलको तीजको कोसेली बजारमा ल्याएको छ।मोहन बि. क . र दिनेश परियारको संयुक्त प्रस्तुतिमा गुल्मेली गायक तथा सर्जक गणेश अधिकारी र तारा थापा मगरको सुमधुर स्वर रहेको गीतको छायाङ्कन पनि गुल्मीमै गरिएको छ ।

गीतमा अञ्जली अधिकारी र सुमन थापाको दमदार अभिनय रहेको छ भने गीतको निर्देशन स्मृति तिमल्सिना (गुरुआमा) ले गरेकी छन् ।शब्द मोहन बि.क. र लय गणेश अधिकारीको रहेको गीतको छायाङ्कन सुरेश श्रेष्ठले गरेका छन् गीतलाई हट नेपाल युटुब्य च्यानल बाट सर्वाजनिक गरिएको छ ।