न्यूयोर्क सहरलाई कोरोनाले बनायो बेहाल - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

न्यूयोर्क सहरलाई कोरोनाले बनायो बेहाल



एजेन्सी- कोरोनाका कारण सबैभन्दा धेरै प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा अहिलेसम्म २८ लाख ९२ हजारमा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ५४ हजार कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

न्यूयोर्कमा मात्रै ४ लाख २० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार १ सय भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

थप २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३२ हजार २ सय नजिक पुगेको छ ।