विश्वको सबैभन्दा धनी शहर न्यूयोर्कको पनि हालत खराव - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विश्वको सबैभन्दा धनी शहर न्यूयोर्कको पनि हालत खराव



न्यूयोर्क- न्यूयोर्क यतिबेला सबैभन्दा खतरनाक महामारीसँग जुधिरहेको छ । विहीबार मात्र त्यहाँ ८५ जनाको मृत्यू भयो । अहिलेसम्म ४० हजार मानिस न्यूयोर्कमा मात्र कोरोना संक्रमित छन् ।

हालत यति खराब हुँदै गइरहेको छ कि स्थानीय प्रशासनले सेना बोलाउनुपर्ने अवस्था छ । यो शहरमा १०० भन्दा बढी अरबपति बस्छन् ।

व्यवस्थित भनिने अमेरिकाको यो शहरका अस्पतालमा बिरामी यति धेरै आउन थाले कि अब अस्पतालमा बेड नै खाली छैनन् । भेन्टिलेटरको अभाव त्यस्तै छ । कुनै कुनै अस्पतालले त दुईजना बिरामीलाई एउटै भेन्टिलेटरबाट काम चलाइरहेका छन् ।

त्यहाँ कार्यरत चिकित्सक मार्को गरोनले ट्वीट गर्दै यस्तै एक तस्बिर पोस्ट गरेका छन् । उनले भावुक हुँदै लेखेका छन्, ‘डाक्टरको सामु यो द्विविधा छ कि कसलाई भेन्टिलेटरको सुविधा दिने र कसलाई नदिने ? जबकि साँचो कुरा त सबैलाई यसको जरुरी छ । अब आउँदा दिन थप गम्भीर हुनेवाला छ ।’

यही अवस्थालाई मध्यनजर गर्दै खाद्यान्न र औषधिमा प्रशासनले आपतकालको स्थितिमा प्रयोग गरिने उपकरण वेस्परलाई कोरोना बिरामीको लागि उपलब्ध गराउन सुरु गरेका छन् । यो उपकरणबाट एक भेन्टिलेटरबाट चार बिरामीले श्वास लिन सक्छन् ।

अस्पतालमा सुविधाको कमि

सवाल केवल भेन्टिलेरमा मात्र सीमित छैन । अस्पतालको बेड, चिकित्सक, नर्स र आधारभूत उपकरणहरुमा कमि आएको छ । मेडिकल आपूर्तिको कमिका कारण स्वास्थकर्मीहरुले फेसमास्क पनि रिसाइकल गरेर प्रयोग गर्नु परिरहेको छ । कतिपयले त फोहोर फाल्ने झोलालाई पनि मास्कको रुपमा प्रयोग गरिररहेका भेटिन्छन् ।

यतिसम्म कि न्यूयोर्कको अस्पतालमा जहाँ खाली ठाउँ भेटिन्छ, त्यही बेड राख्न थालिएको छ । न्यूयोर्क राज्यको नर्स एसोसिएशनका निर्देशन पैट केनका अनुसार अवस्था यति गम्भीर छ कि बयान नै गर्न सकिँदैन ।

अस्पतालको कुनाकुनासम्म पनि बिरामीका लागि बेड राखिएको छ । यतिसम्मकि अस्पतालको आसपास सार्वजनिक स्थानलाई पनि कब्जा गर्नुपर्ने अवस्था छ । किनकी धेरैभन्दा धेरै मानिसको ज्यान बचाउन यस्तो गर्नुको विकल्प छैन । बुधबार र विहीबारको बीचमा कोरोना भाइरसबाट मर्ने मानिसको संख्या ३० प्रतिशतले बढेको छ ।

५५ प्रतिशत कोरोनाका बिरामी ५० वर्षभन्दा कम उमेरका

एक तथ्यांकका अनुसार न्यूयोर्क शहरमा आतंक फैलिएको छ कि ५५ प्रतिशत कोरोनाका बिरामी ५० वर्षभन्दा कम उमेकार छन् । यद्यपि, मृत्यू हुने धेरै मानिस ६० वर्षभन्दा बढी उमेरका छन् । यीमध्ये मधुमेह, अस्थमा, क्यान्सर जस्ता रोगी यसमा पर्छन् । १८-४४ वर्षका १६ जना मानिसको मृत्यू भएको छ ।

चिकित्सकको संख्या कम भएपछि न्यूयोर्क विश्वविद्यालयका मेडिकल कलेजले आफ्ना विद्यार्थीलाई समयभन्दा ३ महिना अगाडि नै उत्तीर्ण गर्ने फैसला गरेको छ । ताकि उनीहरुले १ जुलाईबाटै उपचारमा सहभागी हुन सकून् ।

उता सरकार पनि सम्मेलन केन्द्र, रंगशाला, विश्वविद्यालय जस्ता स्थानलाई अस्पतालमा परिणत गर्न बाध्य भएको छ । ज्याकबको जबिटास कन्भेन्सन सेन्टरमा हरेक वर्ष यो समयमा न्यूयोर्क अटो शो हुनेगर्दथ्यो । तर अहिले त्यसलाई सरकारले अस्पतालमा रुपान्तरण गरेको छ । अमेरिकन सेनाले त्यहाँ एक हजार बेडको अस्पताल बनाउन सहयोग गरिरहेका छन् ।

न्यूयोर्कका मेयर बिल डे ब्लासियोका अनुसार न्यूयोर्क जेलबाट ७० वर्षमाथिका जघन्य अभियोग नलागेका कैदीहरुलाई मुक्त गरिँदैछ । किनकी जेलमा कोरोना फैलावटको ग्राफ निकै उच्च छ । दमकलका कर्मचारीहरुलाई समेत कोरोना संक्रमण भेटिएको छ ।

३००० प्रहरी अधिकारी पनि कोरोना संक्रमित

१७० दमकलकर्मी र यातायात क्षेत्रका २०० भन्दा बढी कर्मचारीमा कोरोना भाइरस संक्रमण भेटिएको छ । एक्लै विहीबार मात्र न्यूयोर्क प्रहरी विभागकाका ३६७४ अधिकारी बिरामीका कारण बिदामा थिए । त्यसमध्ये ३०० जनामा कोरोना पोजिटिभ भेटिएको छ ।

आतंक यति धेरै छ कि मानिस हिंड्न नि मुस्किल हुने गरी भिड हुने टाइम्स स्क्वायर पनि अहिले सुनसान बनेको छ । कोही मानिस नजिकै आउँदैछ भने मानिस भाग्न थालेका छन् ।

भास्कर डटकमबाट मोहम्मद अलीको रिपोर्ट