नेयामार फिट, खेल्न तयार - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेयामार फिट, खेल्न तयार



काठमाडौं-  ब्राजिलका स्टार फुटबलर नेयमारले आफु खेल्नका लागि पूर्ण रुपमा फिट भएको बताएका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार समेत रहेका नेयमारले अर्को हप्ता च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्व आफु मैदान उत्रन तयार रहेको बताएका हुन् । च्याम्पियन्स लिगमा रियलसँग खेल्नु अघि शुक्रबार नेइमारले लिग वानमा लिलेसँग खेल्ने विश्वास गरिएको छ ।

मड्रिडमा भेटिएका नेयमारले भनेका छन्, ‘मैले पुर्ण रुपमा निको भएको महशुश गरेको छु । र च्याम्पियन्स लिगमा रियल मड्रिड खेल्नेछु ।’

नेयमारसंग उनको भविष्यलाई लिएर समेत प्रश्न सोधिएपनि नेयमारले सो बिषयमा बोल्न अस्विकार गरिदिएका थिए ।