नेयमारलाई आपत ,समर्थकले नै भने क्लब छाडेर जान - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेयमारलाई आपत ,समर्थकले नै भने क्लब छाडेर जान



एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का समर्थकहरुले ब्राजिलियन फरवार्ड नेयमारलाई क्लब छाडेर जान माग गरेका छन् ।

फ्रेन्च लिग वान अन्तर्गत सिजनको पहिलो खेल हेर्न मैदान पुगेका समर्थकहरुले नेयमारलाई क्लब छाड्न माग गरेका थिए ।

घरेलु मैदानमा निम्सविरुद्धको खेलमा समर्थकहरुले ‘नेयमार, क्लब छाडेर जाऊँ’ जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

उक्त खेलमा पीएसजीले ३-० को जित निकालेको थियो । तर, नेयमार पीएसजीको टिममा रहेका थिएनन् ।

पछिल्लो समय नेयमार बार्सिलोना फर्कने र रियल मड्रिड जाने हल्ला चलिरहेको छ ।