नेइमारमाथि प्रतिबन्ध लाग्यो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेइमारमाथि प्रतिबन्ध लाग्यो



काठमाडौँ- फुटबल स्टार नेइमारमाथि प्रतिबन्ध लगाइएको छ । पिएसजीबाट खेल्ने उनलाई मार्सेलीविरुद्धको खेलमा गरेको अभद्र व्यवहारका कारण प्रतिवन्ध लगाइएको हो ।

फ्रान्स फुटबल फेडेरेसनले नेइमारलाई मार्सेलीविरुद्धको खेलमा गरेको टिप्पणीका कारण कारवाही स्वरूप २ खेलको प्रतिबन्ध लगाएको हो ।

गत आइतबार मार्सेलीविरुद्धको खेलमा नेइमारले मार्सेलीका स्पेनिस डिफेन्डर अल्भारो गोन्जालेजलाई अभद्र टिप्पणी गरेका थिए । सो खेलमा नेइमारसहित ५ खेलाडीलाई रातो कार्ड दिइएको थियो ।

पिएसजी १-० ले पराजित भएको सो खेलमा रातो कार्ड पाएका नेइमारले खेलका क्रममा गोन्जालेजलाई टाउको पछाडी हानेको समेत भिडियोमा रेकर्ड भएको थियो ।

नेइमारले खेलपछि गोन्जालेजले अभद्र टिप्पणी गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले आफुलाई गोन्जालोको मुखमा नहानेकोमा पछुतो भइरहेको बताएका थिए ।

नेइमार रातो कार्ड पाएकाले गएरातीको खेलका लागि स्वत प्रतिबन्धित थिए भने उनले थप एक खेल खेल्न नपाउने भएका छन् ।

त्यस्तै फेडेरेसनको अनुशासन कमिटीले पिएसजीका डिफेन्डर लेभिन कुर्जावालाई ६ खेलको प्रतिबन्द लगाएको छ । उनलाई झगडाको शुरुवात गरेको आरोप लगाउदै ठुलो सजाय सुनाइएको छ । त्यस्तै मार्सेलीका डिफेन्डर जोर्डन अमाभीलाई ३ खेलको प्रतिबन्ध लाइएको छ ।

अभद्र टिप्पणी गरेको आरोप लगाइएका पिएसजीका एन्जल डी मारियाको बारेमा भने कमिटीले अझै निर्णय गरेको छैन । कमिटिले उनीसँग अर्को साता कुरा गर्ने बताएको छ ।