डाक्टरले भने: नेयमार विश्वकप खेल्न सक्छन ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

डाक्टरले भने: नेयमार विश्वकप खेल्न सक्छन !



रियो दि जेनेरियो (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमार रसिया विश्व कपका लागि पूर्ण रुपमा फिट भएर फर्कने ब्राजिलियन फुटबल टोलीका चिकित्सकले बताएका छन् ।

मार्च ३ मा मार्सेलाई पिएसजी ३–० ले हराउँदाको खेलमा नेयमारको खुट्टामा चोट लागेको थियो । नेयमारको खुट्टाको शल्यक्रिया पनि योजना अनुसार भएको उल्लेख गर्दै टोलीका चिकित्सक रोड्रिगो लासमाले उनले प्राप्त गरेको स्वाथ्य लाभ सन्तोषजनक भएको बताए ।

नेयमारले पनि मेहनत गरिरहेका छन् । विश्वकपको तयारीका लागि उनी पूर्ण रुपमा फिट भएर फर्कने आशा गरेका छौं, उनले भनेका छन्, सम्भव भएसम्म उनी सहि तरिकाले स्वास्थ्यलाभ गरिरहेका छन् । चोटबाट फर्कने खेलाडीका लागि शारीरिक रुपमा पनि सुधार आवश्यक पर्दछ ।

नेयमार मे १७ मा अभ्यासमा फर्कने विश्वास गरिएको छ । त्यसको ठिक एक महिनापछि विश्वकपको आफ्नो पहिलो खेलमा ब्राजिलले स्वीट्जरल्यान्डको सामना गर्नेछ । बार्सिलोनाबाट पिएसजी पुगेका नेयमार फेरि स्पेन फर्कने अपेक्षा गरिएको छ । उनी रियल म्याड्रिड जान सक्ने चर्चा लामो समयदेखि चलिरहेको छ ।

विश्व कपको दाबेदारका रुपमा हेरिएको ब्राजिलले समूह चरणमा स्वीट्जरल्यान्डसँगै कोस्टा रिका र सर्बियाको सामना गर्नेछ ।