रामचन्द्र पौडेल र गगन थापालाई विमलेन्द्र निधिले दिए यस्तो चुनौती - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

रामचन्द्र पौडेल र गगन थापालाई विमलेन्द्र निधिले दिए यस्तो चुनौती



काठमाडौं- सरकार फेर्नुपर्ने र त्यसको लागि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पहल गर्नुपर्ने आवाज पार्टीभित्र चर्किएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रभावशाली नेता गगन थापाले दवाव दिइरहेका छन् ।

यस्तैमा नेपाली कांग्रेसकै’ उपसभापति विमलेन्द्र निधिले भने नेता पौडेल र थापालाई चुनौती दिएका छन् । उनले जसपाका सांसदलाई देउवाको पक्षमा तानेर देखाउन रामचन्द्र पौडेल र गगन थापालाई चुनौती दिएका हुन् ।

जसपाभित्र सरकार बनाउने बिषयमा विवाद भैरहेको र जसपाको अध्यक्ष महन्थ ठाकुरलगायत बहुमत समुहले ओलीलाई नै साथ् दिने बताइरहेका बेला निधिले भने आफ्नै पार्टीका नेताहरूलाई चुनौती दिएका छन् । उनले केपी शर्मा ओलीतिर ढल्किएका जसपाको सिंगो पार्टी पंक्ति र सांसदलाई सभापति शेरबहादुर देउवाको पक्षमा उभ्याएर देखाउन चुनौती दिए ।

पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवाको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव, बाबुराम भट्टराई समूहसँग हात मिलाएको छ । सोही बेला निधिले जसपाको सिंगो नेतृत्वलाई देउवाको पक्षमा ल्याउन चुनौती दिएका हुन् ।

‘यो ३२ जना जुन छ नि जसपा । त्यसलाई कसरी शेरबहादुरतिर तान्नु हुन्छ रामचन्द्र जी, गगनजी बहादुर नेताहरु । तान्नुस् न । गफ गरेर हुँदैन हेर्नुस् है,’ निधिले भने ।