निधिसँग ४० वर्ष लामो सम्बन्ध तोड्दै देउवा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

निधिसँग ४० वर्ष लामो सम्बन्ध तोड्दै देउवा



काठमाडौं- पार्टी उपसभापतिको जिम्मेवारी रहेका विमलेन्द्र निधिले पनि नेतृत्वका लागि आकांक्षा देखाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले झन्डै ४० वर्ष लामो सम्बन्ध तोड्दै अघि बढ्ने रणनीतिमा देखिएका छन् ।

उनले भनेका थिए, ‘पार्टीलाई एक नम्बरको बनाउन र मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै अगाडि बढ्नुपर्ने भयो । कांग्रेसलाई मेरै नेतृत्वमा पहिलो पार्टी बनाउँछु, तपाईंहरुले सहयोग गरिदिनुपर्छ ।’

कांग्रेसका सभापति देउवाले आफूनिकट केन्द्रीय सदस्यहरुसँग पार्टी नेतृत्वमा दोहोरिने इच्छासहित यसरी नै सहयोग माग्दै आएका छन् ।

निधिलाई मात्र होइन, पुरानो टिमलाई एकजुट बनाएर अघि बढाउन निकटहरुको निरन्तरको आग्रहपछि देउवामाथि दबाब परेको छ ।