पुराना र तीन पाङ्ग्रे साधनमाथि प्रतिबन्ध लगाइने - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

पुराना र तीन पाङ्ग्रे साधनमाथि प्रतिबन्ध लगाइने



काठमाडौं- अब उपत्यकाभित्र तीन पाङ्ग्रे सवारीसाधनलाई सञ्चालन प्रतिबन्ध लगाउने तयारी भएको छ । ग्यासबाट सञ्चालित पुराना टेम्पो र निलो माइक्रो बसलाई हटाएर विकल्पको रुपमा विद्युतीय सवारी चलाउने महानगरको तयारी रहेको बताइएको छ ।

महानगरले २० वर्ष पुराना तीन पाङ्ग्रे सवारीसाधनलाई हटाउने तयारी थालेको जनाइएको छ । काठमाडौं महानगरपालिकाले विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिने गरी यस्तो तयारी गरेको बताइएको छ।

पुराना र तीन पाङ्ग्रे सवारीसाधनले शहरको सौन्दर्यलाई कुरुप बनाएकाले हटाउने तयारी गरेको महानगरले बताएको छ । हाल पुराना सवारीसाधन सञ्चालन गरिरहेका व्यवसायीहरुलाई विद्युतीय सवारीसाधन सञ्चालन गर्न लगाउने विषयमा महानगरले गृहकार्य पनि थालेको छ।