भ्रमण वर्ष सफल पार्न दिल्लीमा निमन्त्रणा बाँडदै युवाहरु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भ्रमण वर्ष सफल पार्न दिल्लीमा निमन्त्रणा बाँडदै युवाहरु



नयाँ दिल्ली- नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल पार्ने उद्धेश्यले विभिन्न प्रवासी संगठनहरु स्वस्फुर्त रुपमा काम गरिरहेका छन् ।

नेपाल-भारतका युवाहरु सम्मिलित नेपाल इण्डिया युथ मिशनले भिजीट नेपाल २०२० सफल पार्न राजनैतिक, गैरराजनितिक र सर्व-साधारण व्यक्तिहरूसँग भेटघाट गरि नेपाल भ्रमणको निम्तो दिने कार्य तीब्र बनाएको छ ।

दुवै देशका युवाहरु पदाधिकारी हुने नेपाल इण्डिया युथ मिशनमा वर्तमान अध्यक्ष मधुरेन्द्र जैसवाल नेपालका हुन । नेपाल सरकारले वर्ष २०२०मा धेरै भन्दा धेरै पर्यटकहरुलाई नेपाल भित्र्याउने योजना स्वरुप घोषणा गरेको भ्रमण वर्ष लक्ष्यभन्दा धेरै पर्यटक नेपाल भित्रिउन भन्दै जैसवालले यसलाई अभियानको रुपमा शुरु गरेको बताए ।

त्यही योजना अनुसार मधुरेन्द्र जैसवालको नेतृत्वमा नेपाल इण्डिया युथ मिशनले आइतबार दिल्लीमा विहानदेखि साँझसम्म राजनीतिक, गैर-राजनीतिक व्यक्तिहरुलाई भेटेर नेपाल-भारतको सम्बन्ध, नेपालका धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलको जानकारी दिँदै नेपाल भ्रमणको निम्तो दिएको हो ।

नेपाल इन्डिया युथ मिशनले भारतीय जनता पार्टीका दिल्ली राज्य सांस्कृतिक सेलकी अध्यक्ष रुबी यादव, कनफेडेरेशन अफ यंग लिडरका अध्यक्ष हिमदरिश सुमन र कनफेडेरेशन अफ इण्डियन युनिभर्सिटीका अध्यक्ष डा प्रिय रंजन त्रिवेदीसँग विशेष भेटघाट गरेको हो।

भेटघाटसँगै सबैलाई सम्मान स्वरुप खादा ओढाई नेपाली मायाको चिनोको रुपमा जानकी मन्दिरको तस्वीर प्रदान गरिएको छ । नेपाल इन्डिया युथ मिशनका अध्यक्ष मधुरेन्द्र जैसवालसँगै महासचिव अजित कुमार, NSHH की उपाध्यक्ष जोया अधिकारी, सेन्टर फर सोशल लर्निङका अध्यक्ष राजीव रंजनको उपस्थिति रहेको थियो । भारतबाट बढी भन्दा बढी पर्यटक नेपाल भित्रीए नेपाल भारतको सम्बन्धमा झन मजबुत हुने मिशनको विश्वास छ ।