ओलीलाई भेटेपछि बालकोटबाट निराश बनेर फर्कियो एमसीसीको टोली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ओलीलाई भेटेपछि बालकोटबाट निराश बनेर फर्कियो एमसीसीको टोली



काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमसीसीको टोलीबीचको छलफल सकिएको छ । एमसीसी उपाध्यक्ष फतिमा सुमारलगायतको टोली बिहिबार बिहानै ओली निवास बालकोट पुगेको थियो

भेटमा अमेरिकी अनुदान सम्झौता एमसीसीबारे एमालेले सत्तारूढ दलहरूको अवस्था हेरेर मात्र आफ्नो धारणा बनाउने जवाफ ओलीले दिएको बताइएको छ । भेटमा ओलीले एमाले तत्काल धारणा बनाउने पक्षमा नरहेको बताएका थिए ।

अहिले नै हतार नगरेर सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने अध्यक्ष ओलीले बताएको बैठकमा सहभागी एमालेका एक नेताले बताए ।

ती नेताका अनुसार यसअघि एमसीसीबारे प्रष्ट रहेका ओलीबाट यस्तो जवाफ सुनेपछि एमसीसीको टोली निराश बनेर फर्किएको छ । ओलीको भनाई उद्घृत गर्दै ती नेताले भने ‘हामीले हतारिएर पोजिसन बनाउँदैनौं । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ ।’ उनका अनुसार यो जवाफ सुनेपछि टोली निराश बनेको थियो ।

छलफलका क्रममा ओलीले आफूहरु सरकारमा रहँदा पनि सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको बताउँदै यो मामलामा एमालेले पहिले देखि नै असहयोग पाएकाले तत्काल धारणा बनाउन नसकिने बताएका थिए ।