मन्त्रीपरिषद विस्तार गर्ने सरकारको निर्णय प्रति निर्वाचन आयोगको असन्तुष्टि - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मन्त्रीपरिषद विस्तार गर्ने सरकारको निर्णय प्रति निर्वाचन आयोगको असन्तुष्टि



भाद्र २६,मन्त्रीपरिषद विस्तार गर्ने सरकारको निर्णय प्रति निर्वाचन आयोगले असन्तुष्टि जनाएको छ ।

२ नम्वर प्रदेशमा स्थानीय तहको निर्वाचन आउन करिव १ साता मात्रै बाँकी रहेका वेला सरकार विस्तार गरेर सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले आरोप लगाउनुभयो ।
निर्वाचन शान्तिपुर्ण रुपमा गराउने र आचारसंहिता कार्यन्वयन गर्नुपर्ने महत्वपुर्ण सरकारी निकायबाट नै विधी र प्रक्रीयाको उल्लंघन भएको यादवको भनाई छ ।

निर्वाचनको मुखमा मन्त्रीपरिषदको औचित्यहिन विस्तार गरेको भन्दै आलोजना भईरहेका वेला निर्वाचन आयोगले समेत यसको विरोध गरेको हो ।

मन्त्रीपरिषद विस्तार कार्य निर्वाचन आचारसंहित विपरित भएपनि सो कार्य विरुद्धको कारवाही भने नहुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयुक्त इश्वरी पौडेलले आचारसंहितमा मन्त्रीपरिषद विस्तार गर्न नपाईने विषय उल्लेख नभएको बताउनुभयो ।

यद्यपी २ नम्वर प्रदेशमा स्थानीय तह निर्वाचन आउन केहीदिन मात्रै बाँकी रहँदा मन्त्रीपरिषद विस्तार कार्यले राम्रो सन्देश नगएको पौडेलको भनाई छ ।