बाणगंगा यातायात समितीको अध्यक्षमा निर्विरोध न्यौपाने चयन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बाणगंगा यातायात समितीको अध्यक्षमा निर्विरोध न्यौपाने चयन



विकास गौतम/  पुष ७ , कपिलवस्तु ।

वाणगंगा यातायात व्यवसायी समिती कपिलवस्तुको जारी सातौ अधिवेसनमा आज मतदान कार्यक्रम सकिएको छ ।

समितीको पुष ६ गते देखी जारी १२ औ साधारण सभा तथा सातौ अधिवेसनमा आज नयाँ नेतृत्वका लागी सर्व सम्मत हुन नसके पछि मतादान प्रकृया सुरु गरिएको हो । समितीको जारी अधिवेसनमा अध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा भने निर्विरोध चयन भएको छ ।

अध्यक्ष पदमा समितीका अध्यक्ष विष्णु प्रसाद न्यौपाने निर्विरोध चयन हुदै दोस्रो पटक अध्यक्ष हुनु भएको छ । यसै गरी महासचिव पदमा पुन लक्ष्मण भुषाल, सचिव पदमा कमल बहादुर क्षत्री र कोषाध्यक्ष पदमा दिनेश कुमार श्रेष्ठ दोहोरीनु भएको छ ।

साधारण सभाको हिजो सम्पन्न बन्द सत्रले समितीको पदाधीकारीमा सचिव पद थप गरेपछि भएको निर्वाचनमा सचिव पदका उम्मेद्धवारी दिएका अशोक वाग्लेले उम्मेद्धवारी फिर्ता लिएपछि गोपाल भट्टराई पनि सचिव पदमा निर्वाचित हुनु भएको छ । जारी अधिवेसनमा अन्य पदमा भने मतदान भएको छ । समितीको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सह–कोषाध्यक्ष र सदस्य पदमा सहमती हुन नसके पछि मतादन भएको हो ।

निर्वाचनमा समितीको वरिष्ठ उपाध्यक्षमा पुर्व उपाध्यक्ष भिमलाल पौडेल, कपिल देव खनाल, उपाध्यक्षमा विष्णु प्रसाद पौडेल, यधा क्षत्री (राजकुमार), सुन्दर कार्की र केशव पाण्डेले उम्मेद्धवारी दिएका छन् ।

यसै गरी सह–कोषाध्यक्ष पदमा कमल धिमिरे, कृष्ण बहादुर केसी, देवी कडेल र कृष्ण खरेलले प्रतिस्पर्धा गरेका छन् । समितीको जारी अधिवेसनमा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भए पछि अध्यक्ष न्यौपानेले धन्यवाद ज्ञापन गर्दै व्यसवायीहरुले गरेको समर्थनलाई आत्मसात गर्दै सस्थागत परिर्वतन र व्यवसायीक हितका लागी आफ्नो दोस्रो कार्यकाल पनि समर्पण गर्ने बताए ।

यसै बिच सर्वसम्मत पदमा निर्वाचीत भएका महासचिव लक्ष्मण भुषालले पुन व्यवसायीहरुले थप जिम्मेवारी हस्तान्तरण गरेको बताउदै आगामी कार्यकाल व्यवसायीक हित र सस्थागत परिर्वत र विकासका लागी लागी पर्ने बताए । कुल ७०४ मतादाता रहेको समितीमा कुल ५७८ मत खसेको निर्वाचन अधिकृत हुम नाथ पाण्डेले जानकारी दिए । मतदान भएको पदहरुको मतगणना भोली पुष ८ गते शुक्रवार विहान ८ बजे देखी सुरु गरिने निर्वाचन अधिकृत पाण्डेले बताए ।