निर्मला पन्त हत्या प्रकरणः आठै जनाले पाए सफाइ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

निर्मला पन्त हत्या प्रकरणः आठै जनाले पाए सफाइ



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातना विरुद्धको कसुरमा मुद्दा खेपिरहेका तत्कालीन प्रहरी उपरीक्षक डिल्ली राज बिष्ट सहित आठै जनाले सफाई पाएका छन् ।

मुद्दा खेपिरहेका एसपी बिष्ट सहित डीएसपी अंगुर जिसी, डीएसपी ज्ञान बहादुर सेठी, इन्स्पेक्टर एकिन्द्र बहादुर खड्का, इन्स्पेक्टर जगदीश प्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउँदलाई जिल्ला अदालत कञ्चनपुरले बिहीबार सफाइ दिएको हो ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल प्रसाद बाँस्तोलाको इजलासले सबै आरोपीलाई सफाइ दिएको श्रेस्तेदार यदुराज शर्माले जानकारी दिए । १३ वर्षिया बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियोे । स‍ोही प्रकरणमा मृतक निर्मला पन्तकी आमा दुर्गा देवीले उनीहरु विरुद्ध प्रमाण नष्ट गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् ।