निर्मला काण्डले नयाँ मोड लियो, अब पत्ता लाग्ला त हत्यारा ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

निर्मला काण्डले नयाँ मोड लियो, अब पत्ता लाग्ला त हत्यारा ?



काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणले नयाँ मोड लिएको छ । निर्मलाकी आमा दुर्गादेवी पन्तको संकाको सुई प्रहरीबाट अभियुक्त भनेर यसअघि नै सार्वजनिक गरिएका दिलिप बिष्टमाथि पुनः घुमेपछि घटनाले नयाँ मोड लिएको छ ।

पन्तले पुन: दिलिपमाथी अनुसन्धान गर्न माग गरेकी छिन् । आफूले किटानी जाहेरी दिँदासमेत दिलिपमाथि कुनै अनुसन्धान नभएको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशिलकुमार वैद्यसँग पुनः अनुसन्धान अगाडि बढाउन उनले माग गरेकी हुन् ।

उनले दिलिपले नै निर्मलाको हत्या गरेको भन्दै गत २२ भदौमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन्।

सोमबार निर्मलाकी आमा दुर्गाले कञ्चनपुरका प्रजिअ वैद्यलाई भेटेर छोरीका हत्यारा सार्वजनिक गर्न र शंस्कास्पद व्यक्तिमाथि अनुसन्धान गरिदिन माग राखेकी हुन् ।