ओली-प्रचण्ड निर्णायक वार्ता भाग-३ सुरू - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

ओली-प्रचण्ड निर्णायक वार्ता भाग-३ सुरू



काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा मंगलबार पनि निर्णायक वार्ता भनिएको छलफल सुरु भएको छ ।

ओलीसँग छलफलका लागि केहीबेरअघि प्रचण्ड बालुवाटार पसेका हुन् । सोमबार झण्डै डेढघण्टा चलेको छलफलमा पार्टीको विवाद दुई अध्यक्षबीच नै बसेर टुंग्याउने सहमति भएको थियो ।

त्यसको भोलिपल्ट आज फेरि ओली र दाहाल छलफलमा जुटेका हुन् । सोमबारदेखि उनीहरुबीचको छलफल सकारात्मक दिशामा अघि बढिरहेको बालुवाटार श्रोतले बताएको छ ।

यसअघि दोस्रो तहका नेताहरुसहित बैठक बसेका ओली र दाहालबीच सोमबारदेखि एक्ला एक्लै छलफल चलिरहको छ ।

ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने प्रचण्ड–नेपाल समूहको माग तथा कुनै पनि पद नछोड्ने ओलीको अडानका कारण अहिलेसम्म सहमतिको सम्भावना देखिएको छैन ।

तर पार्टीका दोस्रो तहका नेताहरु सहमतिका लागि प्रयासरत रहेको बताउँछन् ।

ओली- प्रचण्डबिचको निर्णायक वार्ता भनिएको छलफल पनि ३ पटक बसिसकेका छन् । तर, कुनै निष्कर्ष निस्किएको छैन । सामाजिक संजालमा उनीहरूको निर्णायक वार्ता कति पटक हुने ? भन्दै प्रश्न उठ्न थालेको छ ।