निर्वाचन आयोग प्रदेश र प्रतिनिधी सभा निर्वाचनको तयारीमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

निर्वाचन आयोग प्रदेश र प्रतिनिधी सभा निर्वाचनको तयारीमा



आश्विन १२,  स्थानीय तहको निर्वाचन सम्पन्न भएसंगै निर्वाचन आयोग प्रदेश र प्रतिनिधी सभाको चुनावको तयारीमा जुटेको छ ।
तेस्रो चरणको स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम प्राप्त भएसंगै आयोगले आगामी मंसिर १० र २१ गतेका लागि घोषित प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका लागि चुनाव सम्बन्धित तयारी अघि बढाएको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता नवराज ढकालले स्थानीय तह चुनाव सम्पन्न भए लगत्तै आयोगले प्रदेश र प्रतिनिधी सभा निर्वाचनको तयारीमा जुटेको बताउनुभयो l

प्रदेश र प्रतिनिधी सभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्रको डिजाईन तयार गरेको निर्वाचन आयोगले मतपत्र छपाई, पाठ्यक्रमको डिजाईन तथा चुनावी सामाग्री खरिदको प्रक्रिया समेत अघि बढाएको छ ।आगामी १७ गते मतपत्र छपाईको प्रक्रिया अघि बढउने तयारी गरेको आयोगले १८ गतेबाट सञ्चारमाध्यम, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षा निकायका अधिकारीलाई प्रशिक्षण दिने कार्यतालिका रहेको छ ।