सुरक्षाकर्मी र कर्मचारीले चुनावमा भोट हाल्न नपाउने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सुरक्षाकर्मी र कर्मचारीले चुनावमा भोट हाल्न नपाउने



८ कात्तिक, काठमाडौं ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामति कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ मतदान गर्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय गरेसँगै कर्मचारी, सेना, प्रहरी र म्यादी प्रहरी मतदानबाट बञ्चित हुने भएका हुन् ।

निर्वाचन कानुनमा सो व्यवस्था नभएपछि कर्मचारीलगायत सुरक्षा निकायका सबै कर्मचारी बञ्चित भएका छन् । आयोगका अनुसार निर्वाचनमा खटिएकाले मतदान गर्न नपाए पनि बिदामा बसेकाले भने मतदाता नामावली भएको क्षेत्रमा भने मतदान गर्न पाउनेछन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचन कानुनले उनीहरुलाई मतदान गर्ने अधिकारबाट बञ्चित गरेको हो । आजको राजधानी दैनिकमा खबर छ ।