सुझाव संकलन गर्दै निर्वाचन आयोग - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सुझाव संकलन गर्दै निर्वाचन आयोग



बुटवल । आगामी निर्वाचनलाई अझै व्यवस्थित बनाउनका लागि निर्वाचन आयोगले निर्वाचन समीक्षा तथा छलफल थालेको छ ।
निर्वाचन आयोगले ६ वटा प्रदेशका राजधानीमा मुख्य निर्वाचन अधिकृतहरु, जिल्ला निर्वाचन अधिकारीहरु, सुरक्षा निकाय, पर्यवेक्षक र सञ्चारकर्मीको सहभागितामा समीक्षा तथा छलफल कार्यक्रम थालेको निर्वाचन आयोगका सचिव वेगेन्द्रनाथ शर्माले जानकारी दिए ।
प्रदेश ३ बाहेकका प्रदेशका राजधानीमा बुधबार र बिहीबार छलफल हुने र यही असार १३ र १४ गते प्रदेश ३ को धुलिखेलमा छलफल हुने उनले बताए ।
सबै प्रदेशको छलफल सकिएपछि आयोगले आगामी निर्वाचनका लागि सुधार गर्नुपर्ने विषयहरुलाई समेट्दै कार्यनीति तयार पार्ने सचिव शर्माले जानकारी दिए ।
प्रदेश ५ को बुटवलमा भएको कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले तीन तहकै निर्वाचन एकैसाथ हुँदा प्रदेश र स्थानीय तहले कानुन निर्माणमा समस्या भोग्नुपरिरहेको बताए । उनले भने– हामीले एकैपटक निर्वाचन ग¥यौं, त्यो हाम्रो बाध्यता पनि थियो, यसैले हामीले शून्यताबाटै काम गर्नुप¥यो ।’