स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न निर्वाचन आयोगको सिफारिस - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न निर्वाचन आयोगको सिफारिस



काठमाडौं- निर्वाचन आयोगले दुई मन्त्रीलाई कारबाही गरेको छ । त्यसमध्ये एक मन्त्रीलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

शहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ भने स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई जरिमाना सहित बर्खास्त गर्न सिफारिस गरेको छ ।

निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसूरमा उनलाई आयोगले जरिवाना गरेको हो । उनले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ ।

चौधरीले आफ्नो क्षेत्रमा बाढीपीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ ।

यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले पाँच हजार हजार जरिवाना र विभागीय कारवाहीको सिफारिस गरेको छ ।

उनले निर्वाचन आचारसंहिता लागु भएपछि कर्मचारी सरुवा गरेको आयोगको भनाइ छ ।

उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसार जरिवाना गरिएको निर्वाचन आयोगको भनाइ छ ।