निर्वाचनको तयारी युद्ध स्तरमा गर्नु पर्छ -डा.महत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

निर्वाचनको तयारी युद्ध स्तरमा गर्नु पर्छ -डा.महत



हिमाल पोस्ट /फागुन ११,नुवाकोट

नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले वैशाख ३१मा हुने स्थानीय तहको निर्वाचनको तयारी युद्धस्तरमा गरिनु पर्ने बताएका छन् । समय कम भएको र काम धेरै नै भएकोले युद्धस्तरमा काम नगरीए निर्वाचनको सम्भावना कम हुने बताउनुभयो। नुवाकोटको थप्रेकमा सेट नेपाल नामक सस्थाले आयोजना गरेको कार्यक्रममा उक्त धारण राख्नु भएको हो।सरकारले स्थानीय तहको निर्वाचन घोषण गरे नयाँ संरचना कस्तो हुने त्यसको जानकारी जनतालाई छैन।

“आफू कुन गाउपालिकामा छु कुन वाडमा छु जनतालाई थाहा छैन” आफूले पहिले देखि नै एक पटक पुरानै संरचनामा निर्वाचन गर्नु पर्ने धारण राखेको बताउनु भयो । नयाँ संरचना सार्वजनिक भए पछि फेरी विवाद हुन सम्भावना छ । मेरोजहिले पनि चाहाना यो क्षेत्र जाहा बाट मलाई प्रतिनिधिको रूपमा पठाउनु भयो यहाँको जनताको भावना अनुसार काम गर्नु पर्ने आफ्नो दायित्व र जिम्मेवारी रहेको बताउनु भयो।सेट नेपालका अध्यक्ष भिमसेन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उदयजालपामा बि थप्रेकका सबै विद्यार्थीहरूलाई सस्थाको तर्फबाट स्टेसनरी सामान वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाल सास्कृतिक सङ्घ नुवाकोटले लोक गायक रामहरी भण्डारीलाई सम्मान गर्नुका साथै विविध सास्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका नेता रमेशकुमार महत, नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति धुर्ब श्रेष्ठ,महासमिति सदस्य रामकृष्ण थापा,डिल्ली प्रसाद ढकाल ,तरुण दल पूर्व केन्द्रीय सदस्य प्रमोद रिमाल,महाधिवेशन प्रतिनिधि सन्तमान तामाङ ,नेका जिल्ला सदस्य दीपक परियार र सीता खड्का ने.का क्षेत्रीय सचिव रामजी पौडेल नेबि सङ्घ क्षेत्रीय अध्यक्ष कृष्ण मिश्र नेपाल सास्कृतिक सङ्घ नुवाकोटका सभापति सानु केसी, सचिव सुवर्ण मिश्र महाधिवेशन प्रतिनिधि मदन थापा ,तरुण दल जिल्ला कोषाध्यक्ष गणेश कार्की तरुण दल क्षेत्रीय अध्यक्ष शरण घले नेका थप्रेक सभापति प्रकाश पन्डित तरुण दल थप्रेक अध्यक्ष किरण कार्की नेका थप्रेक का नेता वैकुण्ठ खतिवडा उदयजालपा माबीका प्रअ केदार थापा लगायको कार्यक्रममा सहभागिता रहेको थियो ।