निर्वाचनमा हिमियो बाम गठबन्धन, मालारानीमा संयुक्त बाम भेला सम्पन्न । - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

निर्वाचनमा हिमियो बाम गठबन्धन, मालारानीमा संयुक्त बाम भेला सम्पन्न ।



कमल बिस्ट /कार्तिक २४

मालारानी गाउँपालिका वडा नं. ३ र ४ को संयुक्त बैठक खन गुफामा सम्पन्न भएको छ । नेकपा एमाले ५ नं. प्रदेश कमिटी सदस्य नरेन्द्र कुमार क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नेकपा एमाले जिल्ला सचिवालय सदस्य जनार्दन खनाल, जीवन कुमार चौहान, नेकपा एमाले मारारानी गाउँपालिकाका संयोजक शालिकराम आचार्य, नेकपा माओवादी केन्द्र महाधिवेशन कमिटी सदस्य देव बहादुर खड्का, एमाले जिल्ला कमिटी सदस्य लिलबहादुर विक, दीपा पोख्रेल माओवादी केन्दका श्याम खनाल, बलराम खनाल, एमालेका देवीराम खनाल, विष्णु प्रसाद पोख्रेल, खुविराम आचार्य, गुणानिधि खनाल, विक्रम खनाल लगायतको आतिथ्यता रहेको थियो । गङ्गा राम खनालको अध्यक्षता, खिमानन्द खनालको स्वागत मन्तव्य र दण्डपाणि पोख्रेलको सञ्चालनमा सम्पन्न कार्यक्रमले विभिन्न समितिहरूको निर्माण गरेको छ ।

भेलाले वडा नं. ३ का लागि दण्डपाणि पोख्रेल संयोजक र होम बहादुर खनाल सहसंयोजक रहेका निर्वाचन परिचालन कमिटी, नवि खनाल संयोजक मधु पोख्रेल सहसंयोजक रेहेको युवा परिचालन कमिटी, गुणानिधि पोख्रेल संयोजक बलराम खनाल सहसंयोजक रहेका आर्थिक परिचालन समिति, छविलाल खनाल संयोजक र हरि केसी सहसंयोजक रहेको प्रचार प्रसार समितिको गठन गरेको छ भने वडा नं. ४ को लागि गंगाराम खनाल संयोजक, खिमानन्द खनाल सहसंयोजक रहेको निर्वाचन परिचालन कमिटी, बलाराम भुसाल संयोजक तुल्सीराम खनाल सहसंयोजक रहेको युवा परिचालन कमिटी देवीराम खनाल संयोजक भविश्वर पोख्रेल सहसंयोजक रहेको आर्थिक समिति, ऋषिराम पोख्रेल संयोजक र लक्ष्मण विक सहसंयोजक रहेको प्रचार प्रसार समितिको गठन गरिएको छ ।

यस्तै वडा मालारानी वडा नं. ५ को वागी आरुखोरमा सम्पन्न संयुक्त विस्तारीत बैठकले डाल बहादुर चौहान संयोजक, मोति भट्टराई सहसंयोजक रहेको निर्वाचन परिचालन कमिटी, शोभाखर भुसाल संयोजक र केशव खनाल प्रचार प्रसार समिति, तोरण थापा संयोजक लोक बहादुर बस्नेत सहसंयोजक आर्थिक परिचालन समिति, र चोप बहादुर क्षेत्री संयोजक नरेश विक सहसंयोजक रहेको युवा परिचालन समितिको गठन गरिएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला प्रचार प्रसार समितिका संयोजक चन्द्र बहादुर खड्का उज्जवलको प्रमुख आतिथ्यता, नेकपा एमाले ५ नं. प्रदेश सदस्य नरेन्द्र कुमार क्षेत्रीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले जिल्ला सचिव रामबहादुर चौहान, सचिवालय सदस्य जनार्दन खनाल, तिलक मिश्र, लिलबहादुर विक, मुनाल खडका, माओवादी केन्द्रका नेता एम वि पाण्डे, देव बहादुर खडका, गोविन्द भुसाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम डालबहादुर चौहानको अध्यक्षता, लोक बहादुर विसीको स्वागत मन्तव्य र शोभाखर खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।