निर्वाचन आचारसंहिताको चरम उलंघन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

निर्वाचन आचारसंहिताको चरम उलंघन



भाद्र २८,
असोज २ गते २ नम्बर प्रदेशमा हुने तेस्रो चरणको निर्वाचन प्रचारका क्रममा दल तथा उम्मेदवारले आचारसंहिताको चरम उलंघन गरेका छन् ।
निर्वाचन आयोगले आचारसंहिता अनुगमनका लागि २ सचिव र १४ सहसचिव ८ जिल्लामा खटाए पनि निर्वाचन प्रचार शैली नियन्त्रणभन्दा बाहिर गएको हो । सर्लाही, रौतहट, बारा र पर्सामा आचारसंहिताको उलंघन भएको हाम्रा जिल्लास्थित सहकर्मीले जनाएका छन् ।
उम्मेदवारले निर्वाचनका लागि विद्यालयको बस प्रयोग गर्ने, दर्जन बढी चार पाङग्रे सवारी प्रयोग गर्ने, चर्को आवाजमा डिजे साउण्डको प्रयोग गर्ने तथा खुलेआम रुपमा भोज भतेर गर्ने जस्ता कार्य गरेका हुन् ।
आचारसंहिताको पालना नगर्नेमा मुख्य तीन दल र मधेशकेन्द्रित दलहरुको होड नै चलेको छ । भड्किलो प्रचार शैलीबाट मतदाता प्रभावित पार्न दल तथा उम्मेदवारले आचारसंहिताको उलंघन गर्ने गरेको मधेशका अगुवाहरुको भनाई छ । आचारसंहिता उलंघनका घटना दिनँहु आईरहे पनि निर्वाचन आयोगले भने कुनै कारबाही अघि बढाउन सकेको छैन ।