निषेधाज्ञाको समयमा बैंकहरूलाई राष्ट्र बैंकको यस्तो निर्देशन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

निषेधाज्ञाको समयमा बैंकहरूलाई राष्ट्र बैंकको यस्तो निर्देशन



काठमाण्डाै – नेपाल राष्ट्र बैंकले निषेधाज्ञाको समयमा पनि नागरिकलाई बैंकिङ सेवा दिन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले निर्देशनमार्फत एटीएम बुथमा पर्याप्त नगद राख्न र ग्राहकलाई विद्युतीय कारोबारको लागि सूचित गर्न भनेको छ ।

यस्तै अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतितपत्र, ग्यारेन्टी लगायतका कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

सम्बन्धित प्रशासनसँग समन्वय गरेर सम्भव भएसम्म निश्चित समयको लागि आलोपालो मिलाएर न्यूनतम कर्मचारीबाट न्यूनतम शाखा खोलेर कारोबार गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

खुल्ने शाखाको विवरण तथा सम्बन्धित व्यक्तिको नाम वेबसाइटमा राख्न र शाखाको मूल ढोकामा खुल्ने वैकल्पिक शाखाको विवरण टाँस गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।