सवारी दुर्घटनामा गायक निशान भट्टराईको निधन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सवारी दुर्घटनामा गायक निशान भट्टराईको निधन



काठमाडौं- गायक निशान भट्टराईको सडक दुर्घटनामा परी निधन भएको छ।

मध्यरातमा घर फर्किंदै गर्दा सवारी दुर्घटनामा परि उनको निधन भएको हो ।

गएराति काठमाडौंको दरबारमार्गमा रहेको एक रेस्टुरेन्टबाट फर्किने क्रममा गायक भट्टराई दुर्घटनामा परेका थिए ।

भट्टराई दुर्घटनामा सख्त घाइते भएका थिए भने उनलाई वीर अस्पतालको ट्रमा सेन्टरमा लागिएको थियो । उपचारकै क्रममा निधन भएको हो ।

भट्टराई दरबारमार्गमा रहेको वान थाई रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सकेर घर फर्किने क्रममा दुर्घटनामा परेको बताइएको छ ।

फोटो: बाह्रखरी