निर्णायक वार्तामा निष्कर्ष निस्किएन: फेरि बस्नेगरी सकियो बैठक - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

निर्णायक वार्तामा निष्कर्ष निस्किएन: फेरि बस्नेगरी सकियो बैठक



काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा उत्कर्षमा पुगेको विवाद समाधान गर्न भनि बालुवाटारमा भएको ओली-प्रचण्डको बैठक सकिएको छ ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पक्षमा दुई/दुई जना नेताहरू पनि सँगै राखेर आइतबार झन्डै डेढ घन्टा छलफल भएको छ।

बैठकमा कुनै निष्कर्ष निस्किन सकेको छैन बैठक फेरी भोली सोमबार पनि बस्नेगरी आजलाई अन्त्य गरिएको बताइएको छ । छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए।

यस्तै प्रचण्डसँगै ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी भएका थिए। छलफलबाट ओली र प्रचण्ड उठे पनि दुबै पक्षका चार नेता भने बालुवाटारमै रहेको स्रोतको भनाइ छ।

आजको छलफलमा के-के कुराकानी भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ।