कोरोना संक्रमितलाई हमालद्बारा नि:शुल्क गाडी उपलब्ध गराउने घोषणा - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

कोरोना संक्रमितलाई हमालद्बारा नि:शुल्क गाडी उपलब्ध गराउने घोषणा



सुखड,कैलाली । घोडाघोडी नगरपालिकाका नेकपा नगर कमिटि सचिव खगेन्द्र हमालले कोरोना संक्रमितलाई निःशुल्क रुपमा आफ्नो निजि गाडी उपलब्ध गराउने भएका छन् ।

घोडाघोडी नगरपालिका भित्रमा कसैलाई पनि कोरोना संक्रममित भएको पुष्टि भएर रिफर गरेर अन्य ठाउँमा जानु परे आफ्नो निजी से १ च १६३७ नम्बरको स्कारपियो निःशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।

हमालले बिहीबार सामाजीक संजालमा समेत गाडी उपलब्ध गर्ने घोषणा गरेका छन् । घोडाघोडी नगरपालिकामा कुनैपनी मानिसलाई कोरोनाका संक्रमित भएर रिफर गरिएका विरामीलाई जुनसुकै ठाउँमा लैजानु परे पनि आफूले निःशुल्क रुपमा आफ्नो निजि गाडी प्रयोग गर्न दिने हमालले हिमाल पोस्टलाई बताए ।

कोरोना संक्रमित भएमा उपचार गर्न सजिलो होस भन्ने उद्देश्यले निःशुल्क जीप र चालक उपलब्ध गराउने घोषणा गरेपनी इन्धनको व्यवस्था भने सरकार तथा सम्बन्धित व्यक्तिले गर्नु पर्ने बताए । हमालले घोडाघोडी नगरपालिका भित्रका कोहि पनि मानिसमा कोरना रोगको लक्षणहरु देखा परि शंका लागेमा ९८५८४२१९४७ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।