बैठकबाट पूर्वमाओवादी निकटका मन्त्रीहरु निस्किए - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बैठकबाट पूर्वमाओवादी निकटका मन्त्रीहरु निस्किए



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रीमण्डलका सदस्यहरूको बैठकबाट पूर्वमाओवादी निकटका मन्त्रीहरु निस्किएका छन् ।

प्रधानमन्त्रीले बालुवाटारमा आफ्नो मन्त्रिमण्डलमा रहेका सबै मन्त्रीहरुसँग छलफलपछि फेरि आफू निकटका मन्त्रीहरुसँग थप छलफल थालेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले आफू निकटका मन्त्रीहरुसँग छलफल गरिरहेका हुन् । सो बैठकमा ओली निकटका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भने नरहेको बताइएको छ ।

यस्तै पूर्वमाओवादी निकटका मन्त्रीहरुपनि बैठकस्थलबाट बाहिरिइसकेका छन् ।

प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेकपा नेताहरु बताउँछन् ।