बिहेलगत्तै बिरामी परिन नीता: अस्पताल भर्ना, अप्रेसनको तयारी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बिहेलगत्तै बिरामी परिन नीता: अस्पताल भर्ना, अप्रेसनको तयारी



काठमाडौं- भर्खरै विवाह गरेकी नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् ।

नीतालाई एपेन्डिसाइटिसको समस्या देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

आजामात्रै नीता लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाने कार्यक्रम थियो । उनी उद्घाटनमा जाँदै गर्दा बाटोमा अचानक पेट दुख्न थालेपछि उनी अस्पताल गएकी थिइन् ।

अस्पतालमा चेकजाँच हुँदा उनलाई एपेन्डिसाइटिसको भएको पत्ता लागेको र भोलि बिहान अप्रेसन हुने बताइएको छ ।