एभरेष्ट बैंकले नोटबन्दीको समस्यालाई लिएर दूतावासमा अन्तर्क्रिया कार्यक्रम गर्ने - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

एभरेष्ट बैंकले नोटबन्दीको समस्यालाई लिएर दूतावासमा अन्तर्क्रिया कार्यक्रम गर्ने



अर्जुन खनाल /नयाँ दिल्ली

ऐले भारतभरी नोटबन्दीको ठुलो असर परेको छ । भारतामा मात्र हैन यसको असर छिमेकी रास्ट्र नेपालमा पनि देखिएको छ ।भारतमा लाखौ नेपाली रोजागरको सिलसिलामा कार्यरत छन् ।केहि  मान्छेक बैक एकाउन्ट भएपनि धेरै जसो नेपालीका भारतमा बैक एकाउन्ट छैन । अझै पनि तेस्ता ब्याक्तिहरु अन्योलमा छन् अलि अलि गरेर कमाएको पैसा कहा राख्ने के गर्ने ?भन्नेमा   सोहि कारण भारतमा बस्ने नेपालीहरुलाई परेको मर्कालाई महसुस गरी एभरेष्ट बैंक भारत शाखाले एक अन्तर्क्रीया कार्यक्रमको आयोजना गर्ने  एभरेष्ट बैंकका भारत प्रतिनिधि भरत कार्कीले हिमाल पोस्टलाई जनाकारी दिए ।

खास गरी प्रवासीहरुलाई नोठबन्दीको कारणले समस्या पारेको र यसको निकाश के हुन सक्छ? भन्ने बिषयमा छलफल गर्न एभरेष्ट बैकको तर्फबाट भरत कर्की र पन्जाव नेसनल बैक भारतको तर्फ बाट दिपक कुमार चोपडाले निमन्त्रणा गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रम यही डिसेम्बर १९ तारिको दिन अर्थात् सोमबारको  दिन दिउसो २:३० बजे नेपाली राजदुतावासको  कन्फेरेन्स हलमा संघ सङ्गठनका प्रतिनिधि,पत्रकार ,आदिलाई उपस्थित  भई नितान्त  बिसयमा आ-आफ्नो बिचार राखिदिनुहुन आह्वान गरेका छन् ।