विश्वप्रकाश शर्माले भने: ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विश्वप्रकाश शर्माले भने: ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्न नसक्ने निर्णय गरेपछि चौतर्फी विरोध भैरहेकै बेला शर्माले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका हुन् ।

प्रवक्ता शर्माले सामाजिक सञ्जालमा लेख्दै जनताले कर तिर्दिनँ भने देश कसरी धान्ने भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेका छन् । उनले भनेका छन् ‘उपचार गर्दिनँ’ सरकारले भन्दा जवाफमा जनताले ‘कर तिर्दिनँ’ भने कसरी धान्ने सम्माननीय प्रधानमन्त्रीज्यू ?

‘नो ट्रिटमेन्ट, नो ट्याक्स’ भन्दै शर्माले यो आवाज बुलन्द बनाउने बताएका छन् ।

उनले लेखेका छन्, ‘उपचार गर्दिनँ’ सरकारले भन्दा जवाफमा जनताले ‘कर तिर्दिनँ’ भने कसरी धान्ने सम्माननीय प्रधानमन्त्रीज्यू ? उपचार निःशुल्क गर्ने घोषणा अविलम्ब गर्न विनम्र आग्रह स्वीकार गर्नोस् कि ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’को बुलन्द जनअभियान सामना गर्न तयार बस्नोस् ! जय नेपाल !’