नेपालगन्जमा पनि बम विस्फाेट- दुई घाइते, अर्को बम पनि भेटियो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपालगन्जमा पनि बम विस्फाेट- दुई घाइते, अर्को बम पनि भेटियो



नेपालगन्जमा बाम विष्फोट भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगर जनस्वास्थ्य कार्यालय नजिकै बाम विष्फोट भएको हो ।

त्यहाँको एउटा घरमा विस्फाेट हुँदा दुई जना घाइते भएका छन् । विस्फाेटमा विप्लव नेतृत्वको नेकपाका कार्यकता डिल्ली बिसीसहित दुई जना घाइते भएका छन् ।

घटनास्थलमा थप बम हुन सक्ने आशंकामा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् भने नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो ।

स्थानीयले अर्को बम देखिएको र डिस्पोजका लागि सेना आएको बताएका छन् । वुधबार साँझको समयमा स्थानीय दिवाकरविक्रम मल्लको घरमा सो घटना भएको हो ।

प्रहरीका अनुसार सो घटनामा २ जनालाई पक्राउ गरिएको छ । विस्फोटपछि थप दुई कुकर बम पनि फेला परेका छन् । स्थानीयका अनुसार केहीसमय यता सो घरमा विप्लव निकट कार्यकर्ता बस्दै आएका थिए ।

निर्वाचन बहिष्कार घोषणा गरेका सो पार्टीले मंगलबार पनि चुनाव विथोल्ने घोषणा गरेको थियो । नेता प्रकाण्डले चुनाव जनताका लागि नभएकोले जसरी पनि बहिष्कार गर्न नेता कार्यकर्तालाई बुटवलमा निर्देशन गरेका थिए ।