नेपालगञ्ज मेडिकल कलेज भन्यो: थप कोरोनाका बिरामी भर्ना लिन सकिन्न - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपालगञ्ज मेडिकल कलेज भन्यो: थप कोरोनाका बिरामी भर्ना लिन सकिन्न



काठमाडौं- अक्सिजनको चरम अभाव भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले थप कोरोनाका बिरामी भर्ना गर्न नसक्ने बताएको छ ।

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोना संक्रमण तीव्र रुपमा बढ्दा थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने जनाएको । अस्पतालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका सम्पूर्ण अन्य सेवा बन्द गरी ३ सय शय्यासम्मको कोभिड अस्पताल तयार गरिएको भएपनि अक्सिजनको अभावमा १३५ शय्या मात्रै सञ्चालनमा ल्याउन सकेको जनाएको छ ।

‘अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पीएसए अक्सिजन प्लान्ट तथा अक्सिजन सिलसन्डिरबाट कोभिडका बिरामीको उपचार भइरहेको थियो । सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोरोनाका बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा दुःखका साथ सार्वजनिक रुपमा सबैलाई जानकारी गराउन चाहन्छौं,’ अस्पतालले विज्ञप्तिमा भनेको छ ।

अस्पतालमा हाल १३३ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।