नेपाल-थाइल्याण्ड पर्यटन प्रर्वद्धन सहकार्यबारे छलफल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेपाल-थाइल्याण्ड पर्यटन प्रर्वद्धन सहकार्यबारे छलफल



काठमाडौं- नेपाल र थाइल्याण्डबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्य गरिने भएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मी र नेपालका लागि थाइल्याण्डका राजदूत भोषिता भोरस्फ (Mr. Vosita Vorasaph) बीच मंगलवार भएको भेटवार्तामा दुवै देशले एक अर्को देशको पर्यटन प्रर्वद्धनकोलागि सहकार्य गर्ने कुरामा जोड दिइएको हो ।

भेटका क्रममा नेपालमा थाइल्याण्डबाट आउने र नेपालबाट थाइल्याण्ड जाने नोली पर्यटकको संख्या बढिरहेको सन्दर्भमा आपसी सहकार्य गर्न सके दुवै देशको पर्यटन प्रर्वद्धन गर्न सघाउ पुग्ने विषयमा छलफल भएको थियो ।

बोर्डका सिइओ रेग्मीले नेपाल गौतमबुद्धको जन्मस्थल रहेको र थाइल्याण्ड बौद्धमार्गी देश भएकोले नेपाल थाइल्याण्डकोलागि धार्मिक पर्यटनस्थल भएको बताए । गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा वार्षिक करिब तीन हजार थाई पर्यटकले भ्रमण गर्ने गरेको उल्लेख गर्दै सिइओ रेग्मीले बुद्धसँग जोडिएका अन्य स्थानहरुमा समेत थाइ पर्यटकलाई लैजाने गरी ती क्षेत्रको विकासमा बोर्डले पहल गरिरहको बताए ।

“लुम्बिनीसँगै कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किटको अवधारणा गर्ने अनुरुप काम भइरहेको छ । यसले पर्यटकलाई बुद्धबारे जान्ने बुझ्ने र बसाई अबधी लम्ब्याउन पनि सहयोग पुग्ने छ,” उनले भने । थाइल्याण्डमा नेपालको प्रर्वद्धन गर्न त्यहाँस्थित सरकारी सञ्चारमाध्यम र नेपालमा थाइल्याण्डको प्रवद्र्धन गर्न नेपालको सरकारी सञ्चारमाध्यमहरुबीच सहकार्य गर्न सकिने उल्लेख गर्दै सिइओ रेग्मीले त्यसको लागि दुवैतर्फबाट पहल गरिने बताए ।

भेटका क्रममा थाइ राजदूत भोषिता भोरस्पले नेपाल र थाइल्याण्डबीच धार्मिक सांस्कृतिक सम्बन्ध सुमधुर रहेको बताउँदै थाई पर्यटकका लागि लुम्बिनी प्रमुख आर्कषण भएको बताए । लुम्बिनीमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्टिय विमानस्थलको निर्माणपछि थाइपर्यटक बढ्ने सक्ने बताए ।

उनले थाइल्याण्डमा नेपालको प्रर्वद्धन गर्न आफु सकारात्मक रहेको समेत बताए । यस्तै भेटमा दुवैदेशका कुटनीतिक व्यक्तिहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अध्यासहरु आदान प्रदान गर्न सकिने विषयमा छलफल भएको थियो ।

कोभिड १९ को पछिल्लो अवस्था हेरेर दुवै देशले आपसी सहयोग र प्रवद्र्धलाई जोड दिने भएका छन् । थाइल्याण्ड नेपालमा सबैभन्दा बढि पर्यटक आउने प्रमुख १० देश मध्ये पर्दछ । सन २०१९ मा ४१ हजार ६५३ जना थाईपर्यटकले नेपाल भ्रमण गरेका थिए ।