कम्युनिष्टले वितरणको मात्रै कुरा गर्छन्, उत्पादनको कुरा गर्दैनन्: नैनसिंह महर - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

कम्युनिष्टले वितरणको मात्रै कुरा गर्छन्, उत्पादनको कुरा गर्दैनन्: नैनसिंह महर



नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विचार, सिद्धान्त र उदेश्य एउटै भए पनि पछिल्लो समय नेपालको कम्युनिष्ट आन्दोलन विभाजित हुँदै गएको बताएका छन्।

जनसमाजवादी पार्टी नेपालको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै नेता महरले सबै कुरा एउटै हुँदा पनि कार्यक्रम मोडेलका बारेमा केही विमत्ति हुँदा कम्युनिष्ट आन्दोलन विभक्त भएको टिप्पणी गरे।

कांग्रेस पनि कल्याणकारी राज्य व्यवस्थामा विश्वास गर्छ। तर, हामीमा एउटा फरक छ। हामी वितरणको कुरा गर्दै गर्दा उत्पादनको पनि कुरा गर्छौं। अहिले दुई वटै कुरामा समस्या आइरहेको छ,’ उनले भने । अहिले पुँजीवादको मात्रै कुरा भइरहेको बताए। अहिले पुँजी आर्जन र सकंलनको मात्रै कुरा भइरहेको बताउँदै उत्पादनको कुरा हुन छोडेको महरको टिप्पणी छ।

आर्थिक समृद्धिका लागि उत्पादनमुखी राज्यव्यवस्थाको पनि कुरा हुनुपर्ने उनले बताएर्। कम्युनिस्टहरुलृे वितरणको मात्रै कुरा गर्छन्। नकमाए वितरण कहाँबाट गर्ने’, उनले भने। यी कुराहरुमा ध्यान नदिए कम्युनिष्टहरुले सोचेको समाजवादमा मुलुक जान नसक्ने महरले बताए।
महरले सधैँभरी कुर्सी नपाइने र पदमा रहेको बेला आफ्नो लक्ष्य अनुरुप काम गर्नुपर्ने बताए। उनले नेता जनताको सेवक भएकाले कुर्सीमा पुगिसकेपछि आडम्बरी बन्ने प्रवृतिको अन्त्य हुन जरुरी रहेको बताएका छन्। सधैँ एकै व्यक्ति एकै पदमा बसिरहे उसले जनताका पक्षमा काम गर्न नसक्ने महरले बताए।

हामीले जनताका लागि राजनीति गर्ने हो। विकासका लागि राजनीति गर्ने हो। हामीले भाषणमा यो गर्छौं, त्यो गर्छौं भनिरहनु पर्दैन। राम्रा काम गर्दै गए जनताले त्यसको सम्मान आफै दिन्छन्,’ महर भन्छन्।

महमोहन अधिकारीहरु र कांग्रेसले मिलेर राजनीतिक परिवर्तनका लागि यतिहासिक भूमिका खेलेको महरको भनाइ छ। उनले पुराना नेताहरुले महत्वपूर्ण भूमिका खेलेको भए पनि जनताले अनुभूत गर्ने गरी अहिले पनि सामाजिक परिवर्तन हुन नसकेको टिप्पणी गरे ।

सिपी मैनालीकै युगमा जनताले महशुस गर्ने गरी विकास र परिवर्तनको काम गर्नसके आफूहरुसहित देश र जनताका लागि सुखद् अनुभूति हुने महरले बताए। उनले सबै राजनीतिक दलको उदेश्य एउटै भएकाले जनताको समृद्धिका लागि मिलेर काम गर्नुपर्ने कुरामा जोड दिएका छन्।

जनतालाई नेताले यो मेरो नेता हो मेरा लागि काम गर्छ भन्ने अनुभूति जनतालाई गराउन सक्नु नै एक नेताको सफलता भएको उनी बताउँछन्। नेताहरु नसुध्रिएकै कारण अहिले पनि जनताले प्रश्न तेस्याउने र औला उठाउने गरेको बताए। अब उक्त अवस्थाको अन्त्य गर्न नेताहरु स्वयं सुधिन आवश्यक रहेको बताए। उनले जनसमाजवादी पार्टी नेपाल पार्टीमा आवद्ध नेताहरुले पनि यो कुरा मनन गरे यो सम्मेलनको सार्थकता रहने बताए। यसका साथै उनले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका छन्।