एनआरएनएको संस्थागत बिकास लागि सामुहिक तथा समाबेसी नेतृत्वको लागि विधानमा परिमार्जनको आवश्यकता - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एनआरएनएको संस्थागत बिकास लागि सामुहिक तथा समाबेसी नेतृत्वको लागि विधानमा परिमार्जनको आवश्यकता



पुष्प थापा

आदरणीय अग्रज तथा साथीहरु !
गैर आवासीय नेपाली संघलाई बदलियो समय र परिस्थिति अनुसार संघका अभियानहरु निरन्तर संचालन गर्न संघको स्थापना संगै निर्माण गरिएका १३ बर्ष पुराना नीति नियमहरुलाई परिमार्जन गरी परिवर्तित समय र परिस्थिति अनुसार संघका अभियानहरुलाई अझ धेरै उपयोगी र सहयोगी हुनसक्ने पूर्ण बिस्वाशको साथमा सुझाब सल्लाहहरु दिने कोशिस गरेकोछु।

गैर आवासिय नेपाली संघको बिस्तारको अभियानमा अहिले सम्म विश्वका ७४ देशहरुमा राष्ट्रिय समन्वय परिषद गठन क्रियाशील रुपमा संघका अभियानका कृयाकलापहरु चलिरहेछन।संसार भरी छरिएर रहेका नेपालीहरुलाई एक बद्ध बनाउन सक्ने साझा तथा छाता संघ गैर आवासीय नेपाली संघको नेतृत्वदायी भूमिकामा करिव ४० लाख सम्पूर्ण गैर आवासीय नेपालीहरुको जिम्मेवारी पूर्ण अबिभावकत्व ग्रहण गर्दछ। सम्पूर्ण गैर आवासीय नेपालीहरुको मिलन बिन्द्को केन्द्र साझा र छाता संघ भएकोले अब संघलाई सस्थागत बिकासको अभियानलाई संकल्पको रुपमा अगाडी बढाउन संघको स्थापना कालमा व्यवस्था गरिएको अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्को कार्यसमितिको संरचनालाई समानुपातिक, समावेसीक र सामुहिक नेतृत्वको बिकासको लागि करिव डेड दशक पुरानो संघको बिधानमा समय र परिस्थिति अनुसार बिशेष परिमार्जित सुधारहरुको साथमा बिस्तार गर्न आवश्यक देखिएकोछ। संघको स्थापना २००३ सालमा थोरै देशहरु मात्र राष्ट्रिय समन्वय परिषदहरु विस्तार भएको थियो भने अहिले यो संख्यामा कैयौ गुणा धेरै वृद्धि भएको हुनाले अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्को स्थिति पनि धेरै फरक भैसकेकोछ। गैर आवासीय नेपाली संघको अन्तर्रा्ष्ट्रिय समन्वय परिषदको कार्य समितिलाई धेरै फराकिलो,समावेसी,समानुपातिक तथा सामुहिक नेतृत्वको बिकासको अवधारण अनुसार मैले संघको ९ औ क्षेत्रीय सम्मेलनमा मेरो सुझाव सल्लाहहरुको संरचनात्मक दस्तावेच पेश गर्ने जमर्को गरेकोछु। गैर आवासीय नेपाली संघमा नेतृत्वको बिकास र सक्षम व्यक्तित्वको उचित स्थानमा ब्यबस्थापन हुनु नै गैर आवासीय नेपाली संघको संस्थागत धरातलिय विकासको राम्रो आधार हुनसक्दछ भन्ने मान्यताले नेतृत्वको बिकासको लागी मेरो सुझाव र सल्लाहहरु लिपिबद्ध रुपमा यहाँ प्रस्तुत गर्न कोशिस गरेकोछु। विद्यमान परिस्थितिमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदलाई बिस्तृत सुधार सहितको परिमार्जित गरी नया कार्यसमितिको चयन गर्दा संघका कार्य योजनाहरु तर्जुमा गर्दा र कार्यान्वयनको दिशामा अगाडी बढदा नेतृत्वको अहम भूमिकाको साथमा संघको दिर्घकालिन विकासमा सहज हुनेछ। अहिले अबस्थामा संघलाई समवेसिक,समानुपातिक तथा सामुहिक नेतृत्वमा जादा र निम्न अनुसार गैर आवासीय नेपाली अन्तर्रा्ष्ट्रिय समन्वय परिषदको कार्यसमिति हुनु पर्दछ।

अध्यक्ष —१

उपाध्यक्ष —महिला उपाध्यक्ष सहित ४

महासचिव-१

सचिब –६

कोषाध्यक्ष–१

सहकोषाध्य-१

महिला संयोजक-१

महिला उपासंयोजक-१

युवासंयोजक –१

युवासहसंयोजक-१

आईसिसिको बिधान बमोजिम प्रबक्ता-१

१अध्यक्ष

१-१ अध्यक्षको काम कर्तब्य र जिम्मेवारी गैर आवासीय नेपाली संघको विधान अनुसार धारा न. २१.१ मा उल्लेख गरे बमोजिम रहनेछ।

२-उपाध्यक्ष

२-१ गैर आवासीय नेपाली संघको विधान अनुसार धारा न. २१.२.१ बमोजिम उपाध्यक्षहरुको काम,कर्तब्य र जिम्मेवारी रहनेछ। गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्को उपाध्यक्ष, संघले गठन गरेका कुनै पनि एककल कार्यदल समिति(त्बकप ँयचअभ ) को नेतृत्व वा सदस्यको रुपमा जिम्मेवारी लिन पाउन सक्नेछैन। गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय संघ समन्वय परिषद्को निर्वाचनमा उपाध्यक्षहरुले प्राप्ति गरेको अभिमतको आधारमा बरिष्ठताको स्थान बर्गिकरण गरी उपाध्यक्षहरुका जिम्मेवारी दिने व्यवस्था गरिनेछ।

२-१-१ बरिष्ठ उपाध्यक्

२-१-२ अध्यक्षको अनुपस्थितमा बरिष्ठ उपाध्यक्षले संघको अध्यक्षता ग्रहण गर्ने।

२-१-३ बरिष्ठ उपाध्यक्षले संघको संघठानिक बिभाग, विस्तार र अभियान तथा संकल्पहरुको जिम्मेवारी रहनेछ।

२-१-४ आईसीसीको प्रत्येक बैठकमा आफ्नो जिम्मेवारीको बिष्तृत विवरण कार्यसमितिमा पेश गर्नु पर्ने।

२-२ प्रथम उपाध्यक्ष

२-२-१ अध्यक्ष तथा बरिष्ठ उपाध्यक्षको अनुपस्थितमा संघको अध्यक्षता ग्रहण गर्ने।

२-२-२ संघले गठन गर्ने सबै कार्यदलसमितिहरु( त्बकप ँयचअभक) को जिम्मेवारी रहनेछ।

२-२-३ आईसिसीको प्रत्येक बैठकमा आफ्नो जिम्मेवारीको बिष्तृत विवरण कार्यसमितिमा पेश गर्नु पर्ने।

२-३ द्वितीय उपाध्यक्ष

२-३-१ अध्यक्ष, बरिष्ठ उपाध्यक्ष तथा प्रथम उपाध्यक्षको अनुपस्थितमा संघको अध्यक्षता ग्रहण गर्ने।

२-३-२ संघले गठन गर्ने सबै उपकार्यदल समितिहरु ( क्गद( त्बकप ँयचअभक) को जिम्मेवारी रहनेछ।

२-३-३ आईसीसीको प्रत्येक बैठकमा आफ्नो जिम्मेवारीको बिष्तृत वितरण पेश गर्नु पर्ने।

२-४ महिला उपाध्यक्ष

२-४-१ महिला उपाध्यक्षले आफुले पाएको अभिमतको आधारमा संघको कुनै पनि बरिष्ठताको स्थान ग्रहण गर्न गर्न सक्ने। काम, कर्तब्य र जिम्मेवारी गैर आवासीय नेपाली संघको विधान अनुसार धारा न. २१.२.१ बमोजिम उपाध्यक्षहरुको काम,कर्तब्य र जिम्मेवारी रहनेछ।

२-४-२ गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्को महिला उपाध्यक्षले संघले दिएको महिना तथा बालबालिक र बृद्धहरु को जिम्मेवारी रहनेछ।

२-४-३ महिला संयोजक र उपसंयोजलाई निर्देश गर्ने

२-४-४ आईसीसीको प्रत्येक बैठकमा आफ्नो जिम्मेवारीको बिष्तृत विवरण पेश गर्ने।

३-महा सचिब

३-१ महासचिबको काम,कर्तब्य र जिम्मेवारी गैर आवासीय नेपाली संघको बिधानको धारा २१(३ बमोजिम हुनेछ।

३-२ आईसीसीको बैठक हुनु भन्दा पहिला संरक्षक, सल्लाहकार,अध्यक्ष, पदाधिकारीहरु, क्षेत्रीय पदाधिकारीहरु, आईसीसी सदस्यहरु र सम्पूर्ण एनसीसीहरुबाट सुझाब सल्लाह हरु लिएर मात्र नया कार्यक्रम तथा योजनाहरुको प्रस्ताव तर्जुमा गर्ने।

३-३ गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदको सबै जिम्मेवारी पदाधिकारीहरुको कार्ययोजना र प्रगति बिष्तृत विवरण रिपोर्ट हरेक अन्तर्रा्ष्ट्रिय एक्जुकेटिव नेतृत्वको बैठक वा जिम्मेवारी अफिस बेरिअरको बैठक वा आसिसी बैठकमा महासचिबले अनिवार्य माग्नु पर्ने।

३-४ अन्तर्रा्ष्ट्रिय एक्जुकेटिव सचिबालय नेतृत्व, जिम्मेवारी अफिस बेरिअर र विभिन्न कार्यदल समितिहरुले गरेको बिष्तृत विवरण सहितको सुझाब सल्लाहहरुलाई आईसीसीको बैठकमा पेश गर्ने।

३-५ संघको झण्डा,ब्यानर संघ उपलब्ध गराएको प्लेटफार्म प्रयोग गरिने सबै कार्यक्रमको बिष्तृत अभिलेख राख्नु पर्ने।

४–सचिब

४-१ गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदको बिधान अनुसार धारा न. २१(४ बमोजिम काम, कर्तब्य र जिम्मेवारी रहनेछ। गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदमा ६ जना सचिब रहने व्यवस्था अनुसार हरेक सचिबको काम कर्तब्य र जिम्मेवारीहरु रहनेछन।

४-१ हरेक क्षेत्रीय समन्वय परिषदको जिम्मेवारी एक जना सचिबले लिने। क्षेत्रीय संयोजकलाई निर्देश गर्ने, सल्लाह र सुझाब दिने, हरेक क्षेत्रीय बैठकको बिष्तृत जानकारी प्राप्त गर्ने

४-२ प्रत्येक आईसीसी सचिबालयको बैठकमा आफ्नो क्षेत्रको प्रगति विवरण र कार्ययोजनाहरुको बिष्तृत विवरण पेश गर्ने।

४-३ ( बिशेष क्षेत्र घोषित गरी बैदेशिक रोजगारमा कार्यारत गैर आवसीय नेपालीको संघमा १ जना उपाध्यक्ष र १ जना सचिब पद निर्धारण गर्ने

नेपालीहरु बैदेशिक रोजगारमा जाने देशहरुबाट गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदको प्रतिनिधिहरुमा प्रतिनिधित्व नहुदा गैर आवासीय नेपालीहरुको ठुलो संख्याको क्षेत्रको प्रतिनिधित्व बिहिन भएकोमा समानुपति,समावेसी र सामुहिक नेतृत्व हुनसकेकोछैन। बैदेशिक रोजगारमा जाने नेपालीहरुको प्रतिनिधित्व हुने गरी गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदमा समानुपातिक,समावेशिक र सामुहिक नेतृत्वको लागि ४ जना उपाध्यक्ष मध्ये १ जना उपाध्यक्ष र ६ जना सचिबमा १-जना सचिबको ब्यबस्था हुनपर्ने ।गैर आवासीय नेपालीहरु बैदेशिक रोजगारमा कार्यरत देशहरुबाट समानुपातिक तथा समाबेशी क्षेत्रमा पर्ने मध्येपुर्व, मलेशिया, कोरिया र अफ्रीका देशहरुमा रहने गैर आवासीय नेपालीहरुले मात्र उम्मेवारी दिन पाउने ब्यबस्था गर्ने

५-कोषाध्यक्ष

५-१ गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदको बिधान अनुसार धारा न. २१(१ बमोजिम कोषाध्यक्षको काम, कर्तब्य र जिम्मेवारी रहनेछ।

५-२ गैर आवासीय नेपाली संघको मातहतमा कृयाशील क्षेत्रीय समन्वय परिषदहरुको र एनसीसीहरूको आर्थिक अभिलेख अनुगमन चेक जाच गर्ने र आर्थिक पारदर्शिताको लागी आईसीसीको बैठकमा बिष्तृत विवरण सहितको आर्थिक रिपोर्ट पेश गर्ने।

५-३ हरेक ३ महिना आयोजना गरिने आईसीसी बैठकमा त्रैमाशिक आर्थिक रिपोर्टको बिष्तृत विवरण पेश गर्ने।

५-४ संघको झण्डा,ब्यानर र संघले उपलब्ध गराएको प्लेटफार्म प्रयोग द्वारा आयोजना गरिने सबै कार्यक्रमको बिष्तृत आर्थिक अभिलेख राख्नु पर्ने र आगामी आईसीसी बैठकमा रिपोर्ट पेश गर्नु पर्ने साथै सर्वसाधारणको लागी सार्वजनिक गर्नु पर्ने।

५-३ संघले आयोजना गर्ने विश्व सम्मेलन, क्षेत्रीय सम्मेलन र क्षेत्रीय बैठक तथा सबै एनसीसीहरुको बार्षिक आर्थिक अभिलेख सार्वजनिक गर्ने र आगामी बैठक बिष्तृत रिपोर्ट पेश गर्ने।

६- सहकोषाध्यक्ष

६-१ सहकोषाध्यक्षको काम कर्तब्य र जिम्मेवारी बिधान अनुसार कोषाअध्यक्षलाई आवश्यक सहयोग गर्ने।

६-२ गैर आवासीय नेपाली संघले सुरु गर्ने विभिन्न कोषहरुको कार्यक्रमहरुलाई अध्यक्ष र कोषाध्यक्षको संरक्षणमा संचालन गर्ने।

६-३ गैर आवासीय नेपाली संघको आर्थिक र परोपकारिक कार्यक्रमहरुलाई पार्द्र्शिक बनाउन आर्थिक वभसाईड संचालन गर्ने।

६-४ सबै क्षेत्रीय परिषदहरुको आर्थिक हिसाब किताबको अभिलेख संकलन गरी प्रत्येक आईसीसी सचिबालयको बैठकमा पेश गर्ने ।

७-महिला संयोजक

७-१ महिला संयोजकको काम कर्तब्य र जिम्मेवारी गैर आवासीय नेपाली संघको बिधान अनुसार रहनेछ।

७-२ प्रत्येक ३ महिनामा सबै क्षेत्रीय महिला संयोजकहरु सित महिला शसक्तिकरण, महिला जागरण र एनआरएनएमा महिलाको सहभागिताको बिषय

मा बैठकमा छलफल गरी विभिन्न कार्यक्रमहरुको तर्जुमा गर्ने।

७-३ अफÞिस बेरिअरको प्रत्येक बैठकमा कार्य प्रगति विवरण पेश गर्ने।

७-४ महिलालाई धेरै कृयाशील गर्न हरेक क्षेत्रिय र राष्ट्रिय महिला फोरम र महिला जागृत मंचको कार्यदल समिति गठन गर्ने र कामकाजको अनुगमन गर्ने।

७-५ अनुगमबाट उत्कृष्ठ ठहरिने महिलाहरुलाई पुरस्कार सहित सम्मान गर्ने।

७-६ महिला उपाध्यक्षका कार्य निर्देशनलाई पालना गर्ने र महिला उपाध्यक्षलाई कार्य्विवरण पेश गर्ने।

७-७ महिला, बृद्ध तथा बालबालिकाहरुको लागि उपयुक्त कार्ययोजना तर्जुमा गर्ने।

७-८ बिश्व महिला दिवस, विभिन्न धार्मिक चाड, राष्ट्रिय चाड, र कला सांस्कृति सम्बन्धित कार्क्रमहरुको तर्जुमा गरि क्षेत्रीय संयोजक तथा क्षेत्रीय महिला संयोजकलाई निर्देश गर्ने।

७-९ गैर आवासीय नेपालीहरु महिला, बृद्ध र बालबालिका सम्बन्धित बिष्तृत जानकारीको लागि एउटा वेभ साईड संचालन गर्ने।

७-१० महिला उपासंयोजकलाई कार्य जिम्मेवारी बिभाजन गर्दा एकजनालाई आर्थिक जिम्मेवारी र अर्कोलाई संघठानिक जिम्मेवारी प्रदान गर्ने।

७-११ महिला संयोजकहरुको बैठकमा कार्यक्रमको अध्यक्षता गर्ने।

महिला बैज्ञानिकहरुको कार्यक्रम, महिला उद्धमी ब्यापारी तथा पेशागत दक्ष महिला जनशक्तिहरुको विचार विमर्शको लागि सभा,गोष्टि र छलफल जस्ता कार्यक्रमहरु आयोजना गर्ने साथमा अतिरिक्त क्रियाकलापको लागि खेलकुदको कार्यक्रम, शिक्षा तथा चेतना मुलक कार्यक्रम र कला तथा सांस्कृतिको कार्यक्रमको आयोजना गर्ने र उत्कृष्ठ महिलाहरुलाई पुरस्कार सहित सम्मान गर्ने।

७-१२ बिश्व भरी छरिएर रहेका सबै नेपालीहरु महिलाहरुको अभिलेख राख्ने र गैर आवासीय नेपाली संघसित आपसी सद्भावपूर्ण गहिरो सम्बन्ध स्थापित गर्न कनक्टिभिटी अभिवृद्धि गर्ने

७-१३ गैर आवासीय नेपाली संघको लोगो, झन्डा, ब्यानर र संघको प्लेटफर्म प्रयोग गरी आयोजना गरिने सबै कार्यक्रमहरुको आर्थिक तथा बिष्तृत अभिलेख राखी आगामी आइसीसी बैठकमा पेश गर्ने।

८-महिला उपसंयोजक

८-१ महिला उपसंयोजकहरुको काम, कर्तब्य र जिम्मेवारी गैर आवासीय नेपाली संघको बिधान अनुसार नै हुनेछ।

८-२ महिला फोरम तथा महिला जागरण मंच जस्तै कार्यदल समिति( त्बकप ँयचअभ) हरुको संयोजन गर्ने।

८-३ महिला उपाध्यक्ष र महिला संयोजकलाई सहयोग गर्ने निर्देशन पालना गर्ने।

९-युवा संयोजक

९-१ युवा संयोजकको काम, कर्तब्य र जिम्मेवारी गैर आवासीय नेपाली संघको बिधान अनुसार नै हुनेछ।

९-२ युवाहरुलाई कृशील गर्न हरेक क्षेत्र र राष्ट्रहरुमा युवा फोरम र युवा जागृत मंचको कार्यदलसमिति गठन गर्ने।

९-३ अनुगमनको आधारमा मुल्यांकन गरी उत्कृष्ठ ठहरिने युवाहरुलाई पुरष्कारसहित सम्मान गर्ने।

९-४ गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय युवा परिषद्को संयोजनमा हरेक ३ महिना क्षेत्रीय परिषदसित औपचारिक बैठकको योजना गर्ने।

९-५ अन्तराष्ट्रिय समन्वय परिषद्का निर्देशनहरुलाई पालन गर्ने र क्षेत्रीय परिषद र एनसीसीमा युवा हरुमा भएका क्रियाकलापको बिष्तृत विवरण अफिस बेरीअरको बैठकमा पेश गर्ने।

९-६ युवा संयोजकहरुको बैठकको अध्यक्षता गर्ने।

९-७ युवाहरुको शिप,जागर, दक्षता र कार्यकुशलतालाई नेपालमा आदान प्रदान गर्ने कार्ययोजनाहरु तर्जुमा गरी कार्यान्वयन गर्ने।

९-८ युवा बैज्ञानिकहरुको कार्यक्रम ,युवा उद्यमी, ब्यापारी ,पेशागत दक्ष युवा जनशक्तिहरुका विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने,खेलकुदको कार्यक्रम र कला तथा सांस्कृतिको कार्यक्रमहरुको आयोजना गर्ने, उत्कृष्ठ युवाहरुलाई पुरष्कार सहित सम्मान गर्ने।

९-९ बिश्व भरी छरिएर रहेका सबै युवाहरुको अभिलेख राख्ने र गैर आवासीय नेपाली सघसित आपसी सद्भावपूर्ण गहिरो सम्बन्ध स्थापित गर्ने।

९-१० युवा उपसंयोजकहरुलाई जिम्मेवारी बिभाजन गर्दा एकलाई संघको संगठानिक बिभागहरुको जिमेवारी र अर्कोलाई आर्थिक हिसाब किताबको अभिलेख सम्बन्धि जिम्मेवारी दिने।

९-११ गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय क्षेत्रीय परिषद र युवा क्षेत्रीय परिषदलाई निर्देशन गर्ने।

१०-युवा उपसंयोजक

१०-१ युवा सहसंयोजकको काम,कर्तब्य र जिम्मेवारी गैर आवासीय नेपाली संघको बिधान अनुसार नै हुनेछ।

१०-२ युवा फोरम तथा युवा जागरण मंचको संयोजन गर्ने।

११- प्रवक्ता

११-१ गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्को प्रवक्ता विधान अनुसार नै नियुक्त गरिनेछ।

११-२ गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्को प्रबक्ता वर्तमान समन्वय परिषदको एनसीसी अधिबेसन वा आइसीसीमा महाधिवेसनमा उम्मेदवार नभएको व्यक्तिलाई मात्र गैर आवासीय नेपाली संघको बिधान अनुसार नियुक्त गर्न सकिनेछ।

११-३ संघको आन्तरिक गोप्यतालाई सम्मान गर्दै संघका गतिविधिलाई सर्वसाधारणको सुचनाको जानकारीको लागी मेडिया सम्म पुराउने।

११-४ संघको मेडियाको सम्पूर्ण जिम्मेवारी प्रवक्ताको हुनेछ।

१२-गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदका अध्यक्ष, उपाध्यक्षहरु, महासचिब, सचिबहरु,कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, महिला उपसंयोजक , युवा संयोजक, युवा उपसंयोजक,प्रवक्ता र एक्जुकेटीव डाईरेक्टर सहितको नेतृत्वसितको आईसीसी एक्जुकेटिप सचिवालय हुनेछ।

१३- संघको अध्यक्ष बाहेक आईसीसी एक्जुकेटिप सचिबालयका पदाधिकारीहरुले आफुलाई तोकेको जिम्मेवरी भन्दा बाहिरको कुनै पनि कार्यदल समितिको काम, कर्तब्य र जिम्मेवारी लिन पाउनेछैन

१४-जिम्मेवारी (अफिस बेरिअर)

१४-१ क्षेत्रीय संयोजकहरु

१४-२ हरेक क्षेत्रबाट क्षेत्रीय संयोजक -१ जना

१४-३ हरेक क्षेत्रबाट उपसंयोजक -२ जना

१४-४ क्षेत्रीय महिला संयोजक-१ जना

१४-५ क्षेत्रीय युवा संयोजक -१ जना

१५- क्षेत्रीय संयोजक

१५-१ गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्टिय समन्वय क्षेत्रीय परिषदमा हेरक क्षेत्रमा एक संयोजक रहने चलन बिधानमा व्यवस्था गरेकोछ। संयोजकको काम,कर्तब्य र जिम्मेवारी संघको बिधान अनुसार हुनेछ। केहि आधारभुत बिषयलाई क्षेत्रीय संयोजकको काम कर्तब्य र जिम्मेवारीहरुमा जोडीएकोछ।

१५-२ गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय क्षेत्रीय परिषदमा ५ सदस्यीय “क्षेत्रीय सचिवालय“ रहने ब्यबस्था गर्ने। क्षेत्रीय सचिबालयमा क्षेत्रीय संयोजक-१ जना, २- जना उपसंयोजकहरु, क्षेत्रीय महिला संयोजक १- जना र क्षेत्रीय युवा संयोजक १-जना रहनेछन।

१५-३ क्षेत्रीय सचिबालयको बैठक हरेक ३ महिनामा एक पटक र आकष्मिक बैठक कुनै पनि समय बस्न सक्नेछ। यसको अध्यक्षता क्षेत्रीय संयोजकले गर्ने।

१५-४ क्षेत्रीय संयोजकको संयोजनमा हरेक ३ महिनामा एक पटक सम्बन्धित क्षेत्रका एनसिसी अध्यक्षसित औपचारिक बैठकको योजना गर्ने। सम्बन्धित देशका आईसीसी सदस्यहरु पदेन सदस्यको रुपमा उपस्थित रहनेछन।

१५-५ क्षेत्रीय समन्वय परिषद्का संयोजकले सम्बन्धित क्षेत्रीका सबै एनसिसी अध्यक्षहरुको कार्य योजना र कार्यप्रगति विवरण बैठकमा अनिवार्य पेश गर्ने लागाउने र क्षेत्रीय परिषदले निर्देशन दिने।

१५-६ साँझा कार्ययोजनाहरु भए जस्तै खेलकुद,धार्मिक, सांस्कृतिक, ऐतिहासिक र राष्ट्रिय चाड पर्वहरु सामुहिक रुपमा सबै सम्बन्धित एनसीसीहरुको एकै साथ आयोजना गर्ने ।

१५-७ क्षेत्रीय समन्वय परिषदले सम्बन्धित क्षेत्रका एनसिसिहरुको अभिलेख राख्ने र क्षेत्रीय परिषदले आफ्नो क्षेत्रीय वेवसाईड संचालन गर्ने।

१५-८ क्षेत्रीय समन्वय परिषदले हरेक एनसिसीहरुलाई एक कार्यकालमा कम्तिमा पनि ८ वटा परोपकारी कार्यक्रमहरु नेपालमा गर्न अनिबार्य गर्ने। जस मध्ये २ महिला वा बालबालिका तथा बृद्ध र २ वटा युवा तथा दोश्रो पुस्ताहरुको लागि अनिबार्य गर्न निर्देश गर्ने

१५-९ परोपकारी कार्यक्रमहरुको अनुगमनको आधारमा सम्बन्धित क्षेत्रीय परिषदले मुल्यांकन गरी उत्कृष्ठ हुने एनसीसीलाई पुस्कार सहित “क्षेत्रीय उत्कृष्ठ एनसीसीको सम्मान“ क्षेत्रीय बैठको दिन सम्मान गर्ने ।

१५-१०दोश्रो पुस्तालाई गैर आवासीय नेपाली संघमा आबद्ध गर्न हरेक एनसिसीहरुलाई युवाहरुले गरेका उपलब्धिहरु विश्वबिध्यालय अथवा अनुसन्धान तह सम्मको शिक्षा आर्जन गरेका नेपाली मुलका वा नेपाली युवाहरुलाई सम्बन्धित क्षेत्रका एनसिसीहरुले सम्मान गर्ने र अभिलेख राख्न निर्देश गर्ने।

१५-११ क्षेत्रीय स्तरको कार्यक्रमहरु जस्तै नृत्य प्रतियोगिता, गायन प्रतियोगिता, खेलकुद प्रतियोगिता, प्रर्यटन प्रबर्धन, नेपाली कला र सांस्कृति, भेष भुषा र भाषा तथा साहित्य जस्ता कार्यक्रमहरु अग्रज तथा पदाधिकारी र आईसीसी सदस्यहरु, आईसीसी कार्यदल समितिहरु र महिला तथा युवा संयोजकहरुको सहकार्य गर्दै सम्बन्धि देशका नेपाली दुतावास,एनसिसी, स्थानीय नेपाली संघ संस्थाहरु, गैर आवासीय नेपाली समुदाय र सम्बन्धित देशका स्थानीय नागरिकहरुको साथ सहयोगमा कार्यक्रमहरु आयोजना गर्ने।

१५-१२ नेपालीहरुको आय आर्जनलाई अभिवृद्धि गर्न सामुहिक लगानीको अबधारणा अनुसार सम्बन्धित देश र नेपालमा लागनी गर्न प्रोत्साहन गर्ने।

१५-१३ गैर आवासीय नेपाली संघको जिम्मेवारी अफिस बेरीअरको बैठमा आफ्नो क्षेत्रको कार्य योजनाहरु र प्रगति विवरणको बिष्तृत रिपोर्ट पेश गर्ने।

१५-१४ गैर आवासीय नेपाली संघमा आबद्ध हुन चाहने उमेर पुगेका सम्पूर्ण नेपाली तथा नेपाली मुलका गैर आवासीय नेपालीहरुले एनआरएनए को सदस्यता बिधान अनुसार सधै वितरण गर्न सम्बन्धित क्षेत्रका सबै एनसीसीहरुलाई निर्देशन दिने।

१५-१५ क्षेत्रीय समन्वय परिषदको कामकाज र नीतिनियम, योजना तथा कार्यक्रमको लागि सर सल्लाह र सहयोगको लागि आवश्यक सल्लाहकार समिति गठन गर्ने। सल्लाहकारहरु गैर आवासीय नेपाली संघमा रहेर एक कार्यकाल एनसिसी अध्यक्ष, आईसिसीमा एक कार्यकाल वा समाजमा धेरै योगदान दिएको व्यक्तिलाई मनोनित गर्न सकिने, दुई पटक सल्लाहकारको भुमिका निर्वाह गरेको व्यक्तिलाई पुनः सोही पदमा मनोनित गर्न सकिनेछैन।

१५-१६ क्षेत्रीय संयोजकले एक जना सहसंयोजकलाई आफ्नो क्षेत्रका एनसीसीहरुका योजना कार्यक्रम र प्रगति विवरणको साथमा संघको विभागहरुको अभिलेख जिम्मेवारी दिने र एक जनालाई आफ्नो क्षेत्रका एनसीसीहरुका आर्थिक अभिलेख संकलन गर्ने जिम्मेवारी दिने।

१५-१७ सम्बन्धित क्षेत्रका एनसिसीहरुलाई नेपालीहरुको लगत संकलन गर्न निर्देशन गर्ने।

१५-१८ गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदमा मनोनित हुने सल्लाहकारहरु र आईसीसी सदस्यहरुको नाम सिफारिस गर्दा सम्बन्धित क्षेत्रका सबै एनसिसीहरुको राहे सल्लाह,सहमति र बिधान अनुसारको आधारमा व्यक्तिको नाम सिफारिस गर्ने।

१५(१९ क्षेत्रीय संयोजकले उप संयोजकहरुको जिम्मेवारी क्षेत्रीय सचिवालयको पहिलो बैठकमा तोक्नु पर्ने।

१५-२० क्षेत्रीय समन्वय परिषदले अनुगमन,मुल्यांकन र सम्मान गर्न एउटा स्वतन्त्र कार्यदल समितिको गठन गर्ने

१६-उप संयोजक

१६-१गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय क्षेत्रीय समन्वय परिषदको सहसंयोजकहरुको काम, कर्तब्य र जिम्मेवारी संधको बिधान अनुसार रहनेछ।

१६-२ हरेक ३ महिनामा सम्बन्धित क्षेत्रिय संयोजकको अध्यक्षता आयोजना हुने क्षेत्रीय एनसीसीहरुको बैठकमा एक जनाले कार्यक्रम संचालन गर्ने र अर्को जनाले कार्यक्रमको निर्णयहरु तयार गर्ने।

१६(३ सहसंयोजकले संघको अभियान सम्बन्धित क्षेत्रका विस्तार र एनसीसीहरुका कार्ययोजना तथा बिष्तृत प्रगतिबिरण संकलन गर्ने र प्रकृयागत अनुगमन गर्ने।

१६-४ हरेक ३ महिनामा सम्बन्धित क्षेत्रका एनसीसीहरुको पन्जिकृति सदस्यहरुको फारम प्रतिलिपि संकलन गर्ने र सम्बन्धित क्षेत्रका एनसीसी हरुको आर्थिक अभिलेख संकलन गर्ने तथा प्रकृयागत अनुगमन गर्ने।

१७-क्षेत्रीय महिला संयोजक

१७-१क्षेत्रीय महिला संयोजकको काम, कर्तब्य र जिम्मेवारी गैर आवासीय नेपाली संघको बिधान अनुसार हुनेछ।

१७-२ क्षेत्रीय महिला संयोजकले सम्बन्धित क्षेत्रका एनसिसीहरुमा महिला फोरम तथा महिला जागरण मंच गठन गर्ने।

१७-३ हरेक ३ महिनामा क्षेत्रीय महिला संयोजकले आफ्नो अध्यक्षतामा सम्बन्धित क्षेत्रका एनसीसी महिला संयोजकहरु र एनसीसी अध्यक्षहरुको सहभागितामा क्षेत्रीय एनसीसी महिला बैठकको आयोजना गर्ने।

१७-४ सम्बन्धित क्षेत्रका एनसीसी महिला संयोजक र अध्यक्षहरुको क्षेत्रीय महिला बैठकको अभिलेख तथा बिष्तृत विवरण क्षेत्रीय सचिबालयमा बैठकमा पेश गर्ने।

१७-५सम्बन्धित क्षेत्रका एनसिसी महिला संयोजकहरुलाई आफ्नो कार्यकालमा महिला तथा बालबालिकाहरुका ४ परोपकारी कार्यक्रमहरु नेपालमा अनिबार्य गर्ने निर्देश गर्ने ।

१७-६ महिलाहरुका चाड पर्वहरु सांस्कृतिक,धार्मिक क्षेत्रीय र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय कार्यक्रम सम्बन्धित क्षेत्रमा सामुहिक वा राष्ट्रिय स्तरमा आयोजना गरि मनाउने।

१८- क्षेत्रीय युवा संयोजक

१८-१ क्षीत्रिय युवा संयोजकको काम, कर्तब्य र जिम्मेवारी गैर आवासीय नेपाली संघको बिधान अनुसार नै हुनेछ।

१८-२ युवाहरुलाई कृयाशिल गर्न हरेक एनसीसीहरुमा,युवा फोरम र युवा जागृत मंचको कार्यदलसमिति गठन गर्ने।

१८-३ अनुगमनको आधारमा मुल्यांकन गरी उत्कृष्ठ ठहरिने युवाहरुलाई पुरष्कारसहित सम्मान गर्ने।

१८-४ हरेक ३ महिना आफ्नो क्षेत्रका एनसीसी युवा संयोजक र एनसीसी अध्यक्षहरुसित औपचारिक बैठकको योजना गर्ने।

१८-५ हरेक बैठकमा अन्तराष्ट्रिय समन्वय परिषद्का निर्देशनहरुलाई पालाना गर्ने,क्षेत्रीय सचिबालयको बैठकमा कार्य योजना र प्रगति विवरणको बिष्तृत विवरण पेश गर्ने।

१८-६ क्षेत्रीय युवा संयोजकहरुको बैठकको अध्यक्षता गर्ने।

१८-७ युवाहरुको शिप,जागर, दक्षता र कार्यकुशलतालाई नेपालमा आदान प्रदान गर्ने कार्ययोजनाहरु तर्जुमा गरी कार्यान्वयन गर्ने।

१८-८ युवा बैज्ञानिकहरुको कार्यक्रम ,युवा उद्यमी,पेशागत दक्ष युवा जनशक्तिहरुका विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने,खेलकुदको कार्यक्रम र कला तथा सांस्कृतिको कार्यक्रमहरुको आयोजना गर्ने, उत्कृष्ठ युवाहरुलाई पुरष्कार सहित सम्मान गर्ने।

१९-आईसीसी सदस्य

१९-१ आईसीसी सदस्यहरुको काम कर्तब्य र जिम्मेवारी गैर आवासीय नेपाली संघको बिधान अनुसार नै हुनेछ।

१९-२ आईसीसी सदस्यको निर्णय पदको जिम्मेवारी आईसीसीको बैठक नै हुनेछ। एनसीसी बैठकमा आमन्त्रित अथितिगत जिम्मेवारी हुनेछ। क्षेत्रीय समन्वय परिषदको बैठकमा पदेन सदस्य रहनेछ।

१९-३ एनसीसीलाई कार्ययोजनाहरुको बारेमा सुझाव सल्लाह र मार्गदर्शनको लागि आवश्यक साथ,सहयोग र हातेमालो गर्ने।

१९-४ एनसिसी र आईसिसिको बिचमा पुलको सम्बन्ध स्थापित गर्ने। एनसीसीबाट आईसीसीसित सम्पर्क वा सहयोग वा औपचारिक प्रस्ताव पेश गर्न आवस्यक परेमा आईसीसी सदस्यको माध्यमबाट मात्र गर्ने।

१९-५ क्षेत्रीय समन्वय परिषदले आयोजना गर्ने सबै कार्यक्रमलाई साथ सहयोग गर्ने। क्षेत्रीय समन्वय परिषदले आयोजना कार्यक्रम र बैठकहरु उपस्थित हुने। तर सम्बन्धित देशको एनसीसी र क्षेत्रीय समन्वय परिषदमा निर्णयत्मक भूमिका रहनेछैन।

१९-६ आईसीसीले आयोजना गर्ने सबै कार्यक्रमहरुको सम्बन्धित देशबाट मुख्य भूमिका निर्भाह गर्ने।

१९-७ आइसीसीको नीति निर्देश र नया कार्ययोजनाहरुको कार्यान्वयनको लागि एनसीसीलाई साथ सहयोग गर्ने।

१९-८ आईसीसीले गठन गर्ने कार्यदल समितिहरुमा सबै आईसीसी सदस्यहरुले मात्र जिम्मेवारी बहन गर्ने।

१९-९ आईसीसीले आह्वानमा गठित कार्यदल समितिको संयोजक उपसंयोजक वा सदस्यको लागि चाहिने आफ्नो विज्ञताको लागि आवश्यक पर्ने सामाग्रीहरु पेश गरेर सहयोग गर्ने।

१९-१० सम्बन्धित देशबाट निर्वा्चित आईसिसी सदस्यले निर्वाचन आयोग तोके बमोजिम आवाश्यक दस्तुर संघको केन्द्रिय सचिवालयमा चुक्ता गरी आईसीसी अध्यक्ष तथा सम्पूर्ण प्रतिनिधिहरुसित आसीसी सदस्यहरुले सामुहिक सफथ ग्रहण गर्ने।

२० -संरक्षक परिषद

२०-१ गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदको संरक्षक परिषदको काम कर्तब्य र जिम्मेवारी बिधान अनुसार नै हुनेछ।

२०-२ गैर आवासीय नेपाली संघको सर्वोच्च मर्या्दित पद संरक्षकको मनोनितमा संघको विभिन्न पदहरुमा आफ्नो जिम्मेवारी पुरा गरी लामो समय सम्म संघलाई योगदान पुराएका अग्रजहरुलाई संघको संरक्षक पदमा नियुक्ति गर्न सकिनेछ।

२०-३ एकै व्यक्तिलाई संघको संरक्षक पदमा २ पटक भन्दा बढी मनोनित गर्न पाइनेछैन।

२०-४ सम्बन्धित कार्यकालको महाधिबेसनमा उम्मेदवार भएको व्यक्तिलाई संरक्षक पदमा मनोनित गर्न पाईनेछैन।

२०-५ हरेक ३ महिनामा संघले आयोजना गर्ने संरक्षकहरुको बैठकमा सहभागी भई आफ्नो उचित सल्लाह, सुझाव र साथ सहयोग दिने।

२०-६ आईसीसीले आयोजना गर्ने सबै बैठकमा सहभागी भई सल्लाह सुझाव पेश गर्न पाउनेछन। तर निर्णायक मत भने हुनेछैन।

२०-७ प्रमुख संरक्षकको संयोजकत्वमा संघको एक्जुकेटिव डाइरेक्टरको सदस्य सचिवमा त्रैमासिक बैठकको आयोजना गर्ने र संघलाई उचित सल्लाह,सुझाब र साथ सहयोग गरी संरक्षण गर्ने। संरक्षक परिषदको बैठकमा सुझाव सल्लाह र साथ सहयोगको बारेमा भएका निर्णयहरु एक्जुकेटिव डाईरेक्टरले आईसीसीलाई पेश गर्ने।

२०-८ निवर्तमान अध्यक्ष संघको स्वतः प्रमुख संरक्षक नियुक्त हुनेछन।

२०-९ गैर आवासीय नेपाली संघको सर्वोच्च मर्या्दित संरक्षक पदमा रही रहेको वा रहिसकेको व्यक्तिले संघको महधिवेसन वा अधिवेसनमा उम्मेदवार बन्न सक्नेछैन।

२०-१० संरक्षक परिषद प्रमुख संरक्षक सहित ७ सदस्सीय हुनेछ।

२०-११ समावेसीक ,समानुपतिक र सामुहिक नेतृत्व बिकासको लागी सबै क्षेत्रीय समन्वय परिषद्को सल्लाह सुझाबको आधारमा ६ वटै क्षेत्रलाई प्रतिनिधित्व हुने गरी एक एक जना अग्रजलाई वरिष्टता, संघमा गरेको योगदानको मुल्यांकन, भएको विज्ञताको आधारमा संघको संरक्षक मनोनित गर्ने ।

२०-१२ संरक्षक परिषदको आकष्मिक बैठक आयोजना गरी संघका अध्यक्षले सुझाव सल्लाह र साथ सहयोग गरी संरक्षण लागी अनुरोध गर्न सक्ने।

२१-सल्लाहकार परिषद

२१-१ गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदको सल्लाहकार परिषदको काम कर्तब्य र जिम्मेवारी बिधान अनुसार नै हुनेछ।

२१-२ गैर आवासीय नेपाली संघको मर्या्दित सल्लाहकार पदमा मनोनित हुने व्यक्ति संघको विभिन्न पदहरुमा आफ्नो जिम्मेवारी पुरा गरी लामो समय सम्म संघलाई योगदान पुराएका र विभिन्न विषयहरुका बिज्ञहरु जसले संघको अभियानमा दिर्घाकालिन भर पर्दो, उत्तम सुझाव सल्लाह र साथ सहयोग दिन सक्ने व्यक्तिलाई संघको सल्लाहकार पदमा नियुक्ति गर्न सकिनेछ। संघले सल्लाहकार मनोनित गरी नियुक्ति गर्दा निम्न बिज्ञहरुलाई मुल्यांकनको आधारमा सल्लाहकारमा नियुक्त गर्ने

राजनीतिक , संगठन तथा बिधान समबन्धित, साँस्कृति तथा पर्यटन, परोकरिता तथा दानपुण्य, महिला बालबालिका र बृद्ध, आर्थिक सल्लाहकार, युवा र दोस्रो पुस्ता तथा खेलकुद, सामाजिक अभियन्ता बरिष्टताको आधारमा, बिदेशमा कार्यरत संघ संस्थाहरुको जानकार तथा विभिन्न समुदायहरुसित जनसम्पर्कको आधारमा, कानुनी, कला तथा साहित्य र भाषा, उद्धोग तथा बाणिज्य र बैंकिंग एबम सामुहिक लगानी, बैदेशिक रोजगार, लेखा तथा विमा सम्बन्धि, संचार तथा मेडिया, बिज्ञान तथा प्रविधि सम्बन्धित बिषयमा बिज्ञ व्यक्तिहरुलाई गैर आवसीय नेपालीसंघको बिधान अनुसार सल्लाहकारमा नियुक्त गर्ने।

२१-३ एकै व्यक्तिलाई संघको सल्लाहकार पदमा लगातार २ पटक मात्र नियुक्त हुने सक्ने।

२१-४ गैर आवासीय नेपालीहरुको अभिमतलाई सम्मान गर्दै गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदको सम्बन्धित कार्यकालको महाधिबेसनमा अध्यक्ष, उपाध्यक्ष, महासचिब, सचिब, कोषाध्यक्ष र सहकोषाध्यक्षको पदमा उम्मेदवार भई पराजित उम्मेदवारहरुले प्राप्त गरेको अभिमतको आधारमा दोश्रो नम्बर मत प्राप्त गर्ने व्यक्ति स्वतः संघको सल्लाहकार पदमा नियुक्त हुनेछन। नियम २१ को विनियम २ ले कुनै असर गर्नेछैन।

२१-५ हरेक ३ महिनामा संघले आयोजना गर्ने सल्लाहकार परिषद्को बैठकमा सहभागी भई आफ्नो उचित सल्लाह, सुझाव र साथ सहयोग दिने।

२१-६ आईसीसीले आयोजना गर्ने सबै बैठकमा सहभागी भई सल्लाह सुझाव पेश गर्न पाउनेछन। तर निर्णायक मत भने हुनेछैन।

२१-७ बरिष्ट सल्लाहकारको संयोजकत्व र संघको एक्जुकेटिव ड़ाईरेक्टरको सदस्य सचिबमा त्रैमासिक बैठकको आयोजना गरी संघको हितमा उचित सल्लाह,सुझाब र साथ सहयोग गर्ने । सल्लाहकार परिषदको बैठकमा सुझाव सल्लाह र साथ सहयोगको बारेमा भएका निर्णयहरु एक्जुकेटिव डाईरेक्टरले आईसीसीलाई पेश गर्ने।

२१-८महाधिबेसनको अभिमतमा दोश्रो भएका अध्यक्षका उम्मेदवार संघको स्वतः वरिष्ट सल्लाहकार नियुक्त हुनेछन।

२१-९ गैर आवासीय नेपाली संघको मर्या्दित सल्लाहकार पदमा कार्यकालको पद धारण रही रहेको अबस्थाको व्यक्तिले संघको महाधिबेसन वा अधिवेसनमा उम्मेदवार बन्न सक्नेछैन। तर एक कार्यकाल बाकी राखेर अर्को आईसीसी महाधिवेसन वा एनसीसी अधिवेसनमा सबै पदमा उम्मेदवार बन्न सक्नेछ।

२१-१० बरिष्ट सल्लाहकार सहित १७ सदस्सीय सल्लाहकार परिषद हुनेछ।

२१-११ समावेसीक ,समानुपतिक र सामुहिक नेतृत्व बिकासको लागी संघका तिनै तहहरुको समन्वय परिषद्को सल्लाह सुझाबको आधारमा ६ वटै क्षेत्रहरुलाई प्रतिनिधित्व हुने गरी सल्लाहकार मनोनित गर्ने ।

२१-१२ सल्लाहकार परिषदको आकष्मिक बैठक आयोजना गरी संघका अध्यक्षले सुझाव सल्लाह र साथ सहयोग लिन सक्ने।

२१-१३ संघको सल्लाहकार नियुक्त हुन एनसीसी अध्यक्षको कार्यकाल पुरा गरेको वा आइसीसीमा कुनै पदमा कार्यकाल पुरा गरेको वा आईसीसी कार्यदल समितिको संयोजकको कार्यकाल पुरा गरेको व्यक्ति सम्बन्धित बिषयको बिज्ञ हुनुपर्ने।

२२-मनोनित नियुक्त

२२-१ गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदलाई समाबेसीक,समानुपातिक र सामुहिक नेतृत्वको विकास गर्नको साथमा नेतृत्वलाई साथ सहयोग र सल्लाह सुझाव र संरक्षण गर्न संरक्षक सल्लाहकार, प्रवक्ता र आईसीसी सदस्य हरुको मनोनित नियुक्ति गर्ने प्रचलन रहिआएकोछ।

२२-२ संरक्षक, प्रवक्ता र आईसीसी सदस्यमा मनोनित व्यक्ति गैर आवासीय नेपाली संघको कार्यरत एनसीसीको अधिवेसन वा आईसीसीको महाधिवेसनमा कुनै पनि पदको उम्मेदवार भएको व्यक्ति अयोग्य हुनेछ।

२२-३ संरक्षक,सल्लाहकार,प्रवक्ता र आईसीसी सदस्यको नियुक्ति हुन गैर आवासीय नेपाली संधको बिधान अनुसार नै हुनेछ।

२२-४ संरक्षक, सल्लाहकार, प्रवक्ता र आईसीसी सदस्यको लागि न्युनुतम योग्यता एक कार्यकाल एनसीसी अध्यक्ष वा आइसीसीको कुनै पदमा एक कार्यकाल पुरा गरेको अनिवार्य हुनुपर्ने। तर सर्वसम्मत आईसीसी बैठकले गर्ने निर्णयको अनुसार संघलाई माया गर्ने संघको अभियानमा पद बिना निरन्तर साथ सहयोग गर्ने बिज्ञ वा प्रतिष्ठित समाज सेवीलाई यो नियम लाग्नेछैन।

२२-५ एउटै व्यक्ति २ पटक आईसीसी सदस्य मनोनित नियुक्त हुन पाउनेछैन।

२२-६ आइसीसीले गठन गर्ने विभिन्न कार्यदल समितिहरुको संयोजक, उपसंयोजक र सदस्य नियुक्त हुन अनिवार्य आईसीसी सदस्य हुनुपर्ने। सल्लाहकार वा सयोगी लागि साधारण पंजीकृत सदस्यलाई पनि नियुक्त गर्न सक्ने। आईसीसी सदस्य नभएको व्यक्तिले कार्यदल समितिको जिमेवारी पाउनेछैन।

२२-७ क्षेत्रीय समन्वय परिषदमा २० भन्दा धेरै एनसीसी सदस्य राष्ट्रहरु भएको क्षेत्रबाट ५ जना बिधनानुसार नियुक्त गर्न सकिने। समानुपातिक, समावेसीक र सामुहिक नेतृत्व विकासमा ३ जना पुरुष र २ महिला अनिवार्य नियुक्ति हुनु पर्ने।

२३-निर्वाचन पद्धति र आयोग

२३-१ निर्वाचन आयोग गैर आवासीय नेपाली संघको बिधान अनुसार नै गठन हुनेछ।

२३-२ गैर आवासीय नेपाली संघको महाधिवेसनमा २ पटक भन्दा धेरै एउटै व्यक्ति आयुक्त वा अरु पद वा सदस्यमा नियुक्त हुन पाउनेछैन।

२३-३ निर्वाचन स्वच्छ,निपक्ष र पारादर्शिकता बनाउन स्वतन्त्र, बिज्ञ,अनुभवी व्यक्तित्व नै हुनु पर्ने।

२३-४ निर्वाचनलाई छिटो,छरितो र कमखर्चिलो बनाउन अनलाईन र पोस्टल प्रविधिको प्रयोग गनु पर्ने।

२३-५ आइसीसीको महाधिवेसन हुनु भन्दा १ महिना पहिला पंजीकृत सदस्यहरुको फारमहरु आइसीसी केन्द्रिय कार्यालयमा बुझाउनु पर्ने र पंजीकृत सदस्यहरुको पुरा विवरण सहित एनसीसीको वभसाइडमा अनिवार्य प्रकाशन गर्नु पर्ने तर पंजीकृत सदस्यता लिन एनसीसीहरुले सधै खुल्ला राख्नु पर्ने।

२३-६ आईसीसी केन्द्रिय कार्यालयलाई प्राप्त भएको पंजीकृत सदस्यताको आधारमा आईसीसी निर्वाचन आयोगले मात्र आईसीसी महाधिबेसन प्रतिनिधिहरुको संख्या एनसीसीहरुमा निर्धारण गर्न सक्नेछ।

२३-७ महाधिवेसन प्रतिनिधिहरुको महाधिवेसन प्रतिनिधि शुल्क बैकबाट जम्मा गर्ने वा एनसीसीमै जम्मा गर्ने। महाधिवेसन प्रतिनिधिहरुले आफु रहने देशबाट आफ्नो अभिमत पोष्टल वा अनलाईनबाट दिन पाउनु पर्ने।

२३-८ महाधिवेसन सुरु हुनु भन्दा १५ दिन पहिले मात्र निर्वाचनको गतिबिधि सुरु गर्न पाइने।निर्वाचन अचारसंहिता उल्लंगन गरे नियमानुसार निर्वाचन आयोगले कारबाही गर्नसक्ने।

२३-९ निर्वाचनको १० दिन पहिले बिधान अनुसार अनलाइन वा पोस्टल बाट उम्मेदवारी निर्वाचन आयोगमा दर्ता गर्न सक्ने

२३-१० उम्मेदवारले आफ्नो उम्मेदवारीको ५ दिन सोचविचार गर्न पाउने,२ दिन पुनः विचार गर्न पाउने र अन्तिम ३ दिन प्रचार प्रसार गरी निर्वाचनमा भाग लिने

२३-११ निर्वाचन आयोगले आवश्यकता अनुसार सदस्य नियुक्त गर्न सक्ने र निर्वाचन सम्बन्धित आचारसंहिता बनाउन सक्ने, आचारसंहिता उलंगन गर्ने कारबाही गर्न सक्नेछ।

२३(१२ आइसीसी निर्वाचन आयोगले निर्वाचन सम्बन्धित अलग गरि सबैको सुबिधाको लागी सम्पूर्ण गतिविधिहरु प्रकाशन गर्ने

२३-१३ निर्वाचन आर्थिक अभिलेख, उम्मेदवार हरुले विभिन्न ठाउबाट प्राप्त गरेको अभिमत र प्रतिनिधिहरुको बिष्तृत विवरण, औपचारिक रुपमा सार्वजनिक गर्ने

२४- अनुगमन, मुल्यांकन र सम्मान कार्यदल समिति

२४-१ अनुगमन, मुल्यांकन र सम्मान कार्यदल समिति गैर आवासीय नेपाली संघको बिधान अनुसार अन्तर्रा्ष्ट्रिय समन्वय परिषद, क्षेत्रीय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदमा समानता र एकरुपताका साथ गठन गर्ने।

२४-२ गैर आवासीय नेपाली संघको आयोजनाका सम्पन्न भएका सबै कार्ययोजनाहरु स्वतन्त्र, निपक्ष,पूर्वाग्रह बिना अनुगमन गर्ने र सहि अनुगमनको आधारमा मुल्यांकन गरी बार्षिक भेला तथा क्षेत्रीय बैठक वा क्षेत्रीय सम्मेलनको शुभ अवसरमा सम्मान गर्ने।

२४-३ उत्कृष्ट काम गर्ने कुनै पनि गैर आवासीय नेपालीहरुलाई सम्बन्धित एनसीसीले कामको अनुगमन मुल्यांकन गरी बार्षिक साधारण भेलामा सम्मान गर्ने। आफ्नो कामको मुल्यांकन गरि सम्मान ग्रहण गर्ने व्यक्तिमा धेरै हौसला, प्रेरणा र धेरै जिम्मेवारी बढेको महशुस हुन्छ।

२४-४ क्षेत्रीय समन्वय परिषदको बैठकमा बर्षको उत्कृष्ट एनआरएनएको अभियानलाई प्रदर्शन गर्ने एनसिसीलाई “वेस्ट एनसीसी ओफ द ईअर“ को सम्मान प्रदान गर्ने

२४-५ आईसीसीको क्षेत्रीय सम्मेलनमा “बेस्ट एनसीसी ओफ द ईअर“ र “बेस्ट रिजन ओफ द ईअर“ को सम्मान प्रदान गर्ने। व्यक्तिगत रुपमा एनआरएनए अभियानमा सहयोग गर्ने र साथ रहने व्यक्तिलाई “एनआरएनए प्रष्नालिटी ओफ द ईअर“ सम्मान प्रदान गर्ने।

२४-६ अनुगमन, मुल्यांकन कार्यदल समितिले छनोट गर्दा नियमावली बनाई निष्पक्ष,स्वतन्त्र पारदर्शिक तरिकाले छनोट गर्ने। सम्मान हुने व्यक्तिले गैर आवासीय नेपाली संघमा गरेको योगदानको बारेमा सम्मान स्थलमा अनुगमन, मुल्यांकन तथा सम्मान कार्यदल समितिका संयोजकले औपचारिक रुपमा बिष्तृत जानकारी गराउनु पर्नेछ।

२४-७ अनुगमन,मुल्यांकन तथा सम्मान कार्यदल समितिले विभिन्न माध्यमबाट सूचना द्वारा संघ,संस्था र व्यक्तिलाई आह्वान गरी सम्बन्धित एनसीसी, क्षेत्रीय समन्वय परिषदहरुले पनि आवश्यक प्रमाणका साथमा सिफारिस गर्ने सक्नेछन।

२४-८ गैर आवासीय नेपाली संघले आयोजना गरेका योजनाहरु के कस्तो अवस्थामा संचालित छन जानकारीको लागि अनुगमन गर्ने। योजनाहरुको वास्तविक अवस्था बारे आईसीसीलाई बिष्तृत जानकारी रिपोर्ट पेश गर्ने।

२४-९ अनुगमन र मूल्यांकनको अभिलेख राख्ने।

२५-गैर आवासीय नेपाली अग्रज तथा बरिष्ट व्यक्तित्व समन्वय समिति

२५-१ गैर आवासीय नेपाली अग्रज तथा बरिष्ट व्यक्तित्वको उचित ब्यबस्थापन र शसम्मानको लागि यो समिति बिधान अनुसार गठन हुनेछ। यो समिति गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद वा राष्ट्रिय परिषद्को कार्य दल नभएर संघको परामर्श समिति जस्तो समिति हुनेछ। गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदमा भएका गतिबिधि र योजना तथा कार्यक्रमहरु गैर आवासीय नेपाली संघ अग्रज तथा बरिष्ट व्यक्तित्व समन्वय समितिलाई जानकारी गराउनु पर्नेछ। यो समितिको सदस्यहरुको बैठक बस्न र प्रस्तावहरुमा बिष्तृत छलफल गर्नु पर्ने बाध्यात्मक हुनेछैन। संघलाई सल्लाह सुझाव र साथ सहयोग भने सधै हुनेछ।

गैर आवासीय नेपाली संघ अग्रज समन्वय समितिमा पुर्व पदाधिकारीहरु सदस्य भएकोले यो समितिको संयोजक संघको अध्यक्ष नै रहनेछन।

२५-२ गैर आवासीय नेपाली संघको विभिन्न तह तक्मा आफ्नो जिम्मेवारी निभाई सकेका अग्रज तथा बरिष्ट व्यक्तित्वहरु यस समितिका सदस्य रहनेछन्।

२५(३ अग्रजहरुको योगदानलाई कदर गर्दै गैर आवासीय नेपाली संघले कुनै पदमा बिभाजन नगरी सबै अग्रज तथा बरिष्ट व्यक्तित्वहरुलाई संघमा सधै क्रियाशील रहने गरी साथ सहयोग र सल्लाह सुझावको अपेक्षा गर्ने।

२५-४ यस समितिमा कुनै निश्चि संख्या हुदैन। सबै अग्रज तथा बरिष्टहरुलाई समान स्थान दिने।

२५-५ गैर आवासीय नेपाली संघ अग्रज तथा बरिष्ट व्यक्तित्व समन्वय समितिमा पुर्व पदाधिकारीहरु सदस्य भएकोले यो समितिको संयोजक संघको अध्यक्ष नै रहनेछन भने सदस्य सचिबमा संघका एक्जुकेटिव डाइरेक्टर रहनेछ। आईसीसी बैठकमा गैर आवासीय नेपाली संघ अग्रज तथा बरिष्ट व्यक्तित्व समन्वय समितिले दिएको सल्लाह सुझाब र साथ सहयोग आईसीसी बैठकमा सदस्य सचिवले पेश गर्ने।

२६(गैर आवासीय नेपाली संघ ब्यबसायिक तथा पेशागत समन्वय समिती

२६-१ प्रवासमा रहेका गैर आवासीय नेपालीहरु विभिन्न पेशाहरुमा आबद्धछन। गैर आवासीय नेपाली संघमा पेशागत व्यक्तित्वको पनि स्थान प्रदान गर्नकोलाई यो समितिको स्थापना गरिएकोछ। गैर आवासीय नेपालीहरुको पेशा गत ट्रेड युनियनको हित हक र मातृभूमि नेपाल प्रतिको समर्पणको लागि ब्यबसायिक उद्यमीहरुलाई एकता गर्ने च्याम्बर ओफ कमर्स को समेत मध्येनजर गरी संघको कार्यदलको रुपमा काम गर्नेछ। यो आईसीसी र एनसीसीको अलग अलग हुनेछ। गैर आवासीय नेपाली संघको बिधि बिधान र नीति निर्दशनको पुरा पालन गर्नेछन।

२६-२ प्रवासमा कुनै पनि पेशामा आबद्ध जस्तै बैज्ञानिकहरु,डाक्टरहरु, नर्सहरु, प्रोफेसरहरु सेफ कुकहरु र उद्धमी ब्यापारी, कलाकार, पत्रकार र खेलाडी आदि ईत्यादी व्यक्तित्वहरुले यो समितिमा आबद्ध रहनेछन।

२६-३ गैर आवासीय नेपालीहरुमा आपसी सद्भाव पूर्ण सम्बन्ध स्थापित गरी शिप जागर, पुजी, कार्य दक्षता, कार्यकुशलता, निर्णय क्षमताको विकास गर्ने।

२६-४ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा “स्थानीय संघ सस्था समन्वय समिति” जस्तो समितिको गठन हुनु पर्दछ। जसको सहायताले गैर आवासीय नेपालीहरु एकै स्थानमा सबै किसिमका कार्यक्रमहरु योजना गर्न सकिन्छ।

२६-५ हरेक ३ महिना एकटक गैर आवासीय नेपाली संघ ब्यबसाहिक तथा पेशागत समन्वय समितिको संघका अध्यक्षको संयोजकत्वमा बैठकको आयोजना गर्ने। संघका एक्जुकेटिव डाइरेक्टर सदस्य सचिव रहनेछन। सदस्य सचिब द्वारा गैर आवासीय नेपाली संघ ब्यबसायिक तथा पेशागत समन्वय समिती दिएको सल्लाह सुझाब र साथ सहयोग आईसीसी बैठकमा पेश गर्ने।

माथि उल्लेखित बिषय बस्तुहरु गैर आवासीय नेपाली संघलाई समय र परिस्थिति अनुरुप संघका अभियानहरु निरन्तर संचालन गर्न धेरै उपयोगी र सहयोगी हुनसक्ने पूर्ण बिस्वाशको साथमा अमेरिकाको न्यु जर्सीमा आयोजना गरिएको गैर आवासीय नेपाली संघको ९ औ क्षेत्रीय सम्मेलन हुनु भन्दा पहिला बृहत छलफलको लागि सुझाब सल्लाहहरुमैले आईसीसीलाई मेलद्वारा जानकारी गराई सकेकोछु। धन्यवाद!

लेखक गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदका सहल्लाहकार हुन्