एनआरएनले ८० देशका भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउँदै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एनआरएनले ८० देशका भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउँदै



काठमाडौँ । भारतले सार्वजनिक गरेको विवादित नक्सामा नेपालको भूभाग समेटिएको बिरोधमा विश्वभरका गैरआवासीय नेपालीले विरोधमा उत्रिएका छन् ।

विश्वभर छरिएर रहेका नेपालीले भारतीय अतिक्रमणको कडा विरोध गरेका छन् । विश्वभरका नेपालीहरूको छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले संस्थागत रूपमै भारतको उक्त कदमको कडा शब्दमा आलोचना गरेको छ ।एनआरएनले आफू मातहतका ‘राष्ट्रिय समन्वय परिषद्’लाई भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन परिपत्र जारी गरिसकेको छ ।

नेपाल–भारत सीमा विवादबारे भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन राष्ट्रिय समन्वय परिषद्लाई परिपत्र जारी गरिसकिएको एनआरएनले जनाएको छ।

एनआरएनको हाल ८० बढी देशमा राष्ट्रिय समन्वय परिषद् रहेका छन् । आफ्नो अनुकूलता हेरेर सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्ले सोही देशमा रहेको भारतीय दूतावासमा ज्ञापनपत्र बुझाइने गरी परिपत्र जारी गरिएको बताइएको छ ।