एनआरएन विश्व सम्मेलन, नयाँ नेतृत्व कसको ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एनआरएन विश्व सम्मेलन, नयाँ नेतृत्व कसको ?



काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएन)को नवौं अन्तर्राष्ट्रिय सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । यो सम्मेलनले आगामी दुई बर्षका लागि नयाँ पदाधिकारीको निर्वाचन गर्नेछ ।

नयाँ नेतृत्वका लागि वैचारिक समूहकै फरक समिकरण र प्यानल देखिने निश्चितप्राय छ । अहिलेको कार्यसमितिमा रहेका दुई उपाध्यक्ष वैचारिक समूहको नेतृत्व गर्दै अध्यक्षका प्रत्यासी बनेका छन् ।

कुमार पन्त र कुल आचार्य नयाँ नेतृत्व सम्हाल्नका लागि मैदानमा छन् । अध्यक्षका यी दुई प्रत्यासी मध्ये पन्तले बामपन्थी र आचार्यले प्रजातान्त्रिक विचार समूहको नेतृत्व गरेका छन् ।

२५ सय प्रतिनिधि रहेको सम्मेलन हायात होटलमा तीन दिनसम्म चल्ने बताइएको छ । विहीबार निर्वाचनको मतपरिणामसँगै नयाँ नेतृत्व निर्वाचित गरी सम्मेलन समापन हुने जनाइएको छ ।

एनआरएन कार्यसमितिमा अध्यक्षसहितका १२ पदमा ४२ जना निर्वाचित हुनेछन् । तर यसपटक अघिल्लो सम्मेलनका भन्दा बढी आकांक्षी रहेको बताइएको छ ।

सम्मेलनले महिलासहित ५ उपाध्यक्ष, एक महासचिव, २ सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजक निर्वाचित गर्नेछ । ६ क्षेत्रीय संयोजक, युरोपबाट ३ क्षेत्रीय उपसंयोजक, एसिया, अफ्रिका र मध्यपूर्वबाट २–२ जना क्षेत्रीय उपसंयोजक तथा अमेरिका र ओसिनियाबाट १–१ उप संयोजक निर्वाचित हुने जनाइएको छ । प्रत्येक क्षेत्रीय संयोजकमा एक एक जना महिला उम्मेदवार निर्वाचित हुनुपर्ने प्रावधान छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । मंगलबार एनआरएनको यो कार्यकालमा भएका विवरण प्रस्तुत हुनेछ भने बुधबार एकै दिन उम्मेदवारी मनोनयन दर्ता, दाबीविरोध र निर्वाचनसहित मतगणना सुरु हुनेछ । विहीबार मतपरिणामसहित एनआरएनको आगामी २ बर्षीय कार्यकालका नयाँ पदाधिकारी निर्वाचित हुनेछन् ।