एनआरएन युरोप संयोजक उम्मेदवारका ६ गुरुयोजना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एनआरएन युरोप संयोजक उम्मेदवारका ६ गुरुयोजना



गैर आवासीय नेपाली सङ्घको आठौ विश्व सम्मेलन नजिकिदै जाँदा सम्मेलन सफल बनाउन र आगामी नेतृत्व र भावी कार्यक्रमहरूको बारेमा घनिभुत छलफल हुनु सस्थाको लागि हितकर देखिन्छ । विगतका विश्व सम्मेलन भन्दा यो सम्मेलन केही हद सम्म सस्थाका कार्यकाल भरीका गतिविधिहरुको समीक्षा, छलफल बाट अधिवेशन हलमा प्रवेश गर्ने सम्भावना बढेर गएको देखिन्छ ।

संस्था सन्चालनका विधि र प्रक्रिया नेतृत्वमा जो रहे पनि विधान सङत अगाडि बढ्नु पहिलो सर्त हुन आउदछ विश्व सम्मेलन नजिकिदै गर्दा व्यापक छल्फलबाट आइ सी सीको प्रत्यक्ष बैठकको आयोजना गरी सस्थाले आफ्नो कार्यकालमा गरेका सामाजिक, आर्थिक, भौतिक र साङठनिक उपलब्धिहरु के के गर्न सफल भयो दुई वर्षको अवधिमा सस्थाले सुरु गरेका योजनाहरू र पुर्बबत योजनाहरू को अवस्था के छ सो बारेमा समेत आवश्यक छल्फलबाट बुदागत रूपमा समितिले पास गर्दै आगामी कार्यकालको लागि सम्भावित कार्यक्रम के हुन सक्दछन ।  तेस्ता विषयमा समेत भावी कार्ययोजनाको रूपमा बन्द सत्रमा प्रवेश गर्नु पर्ने देखिन्छ सामाजिक सन्जाल मिडिया र क्षेत्रीय बैंठक तथा सम्मेलनमा वर्तमान नेतृत्व र पुर्बबत नेतृत्वको बिचमा देखियका केही फरक दृष्टिकोण का कारण सस्थाको अन्तिम बैठक ले निम्न विषयमा ध्यान दिन आवश्यक देखिन्छ।
१. सस्थाले दुई वर्षमा आयोजना गरेका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बैठक तथा सम्मेलनको आर्थिक पार्दर्सिता ।

२.आकस्मिक,च्यारेटि, सदस्यता, केन्द्रीय भवन निर्माण का लागि व्यक्ति वा NCC मार्फत आएको रकमको उपयोग र बचतको पार्दर्सिता ।

३.यस कार्यकालमा भएको साङठनिक प्रगति प्रतिवेदन र संस्था सन्चालनका विधि प्रक्रिया र सङ्गठन निर्माण मा देखिएका अवसर समस्या र चुनौती का विषयमा स्पस्टता ।

४. सस्थाको विधान कुनै पनि सस्थाको सर्वोच्च निकाय महाधिवेशन हो महाधिवेशनको पूर्व सन्ध्यामा विधान समितिले कार्यकाल भर सस्थामा उत्पन्न असहज परिस्थिति र आवश्यकतालाई समेट्दै अधिवेशन मार्फत पारित गरी लागू गर्न सस्थाको अन्तिम बैठकमा प्रस्ताव गरी समितिले अनुमोदन गरेर जानू पर्ने देखिन्छ ।

५. सूक्ष्म रूपमा अध्ययन र पूर्ण रूपमा तयारै नभै सकेको प्रस्तावित भिजन २०/२०एन्ड बियोन्डको विषयमा न्युजर्सी देखि हालसम्म पनि व्यापक छल्फल र यसको मर्म सङ नपुगी बाहिर आएका प्रचार हरुलाई सस्थाको यस कार्यकालको अन्तिम बैठकले आवश्यक सम्सोधन र परिमार्जन सहित अधिवेशन को बन्द सत्रमा सस्थागत रूपमा छलफलमा प्रस्ताव गर्नु पर्ने देखिन्छ ।
६. (क)आगामी कार्यकालको लागि सस्थाले सुरु गरेका महत्त्वपूर्ण परियोजना लाप्राक बस्ती (१०००)नमुना घर निर्माण कार्य ।

(ख) गैर आवासीय नेपाली सङ्घको आफ्नो भवन निर्माण कार्य ।

( ग) आगामी दुई वर्षमा सस्थाले गर्न सक्ने सम्भावित थप कार्ययोजना सहित आगामी महाधिवेशनमा जानू पर्दछ । सस्थाको नीति तथा कार्यक्रम पास गरेर निर्वाचन जाँदा नेतृत्वमा जो आउँदा वा कोही आउँदा वा न आउँदा केही फरक पर्दैन संस्था विधि विधान र पद्धतिबाट सञ्चालन हुनु पर्दछ यसैमा ५०औं लाख नेपालीहरूको भावना सङ जोडिएको एन आर एन को भविष्य उज्ज्वल रहन्छ ।

जय नेपाल जय एन आर एन
गंगाधर गौतम
निबर्तमान अध्यक्ष NCC बेल्जियम
उम्मेदवार युरोप सम्योजक