एनआरएनए जर्मनीमा पहिलो पटक निर्वाचन हुने सम्भावना, आफ्नो उम्मेद्वारलाई तानातान - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एनआरएनए जर्मनीमा पहिलो पटक निर्वाचन हुने सम्भावना, आफ्नो उम्मेद्वारलाई तानातान



भदौ ४, जर्मनी ।

एनआरएनए जर्मनीको छौटौ अधिवेशन पश्च्यात आगामी नेतृत्वको लागी रस्शा कस्शी चलेको छ। सङ्घको नेतृत्व पाचौं पटक सम्म सहमति सहकार्यमा चयन हुँदै आइरहेको थियो। गैर आवासीय नेपाली सङ्घको संस्थापक राष्ट्र जर्मनीले सधैँ एकताको अधिवेशनले सहमतिको आधारमा नेतृत्व चयन गर्न सफल भएको थियो। तर यस पटक भने निर्वाचन बाटै नेतृत्व चयन गर्नेमा ४ जना उम्मेद्वारहरुले उम्मेदवारी घोषणा गरी मैदानमा छन्।

त्येसैले सबै उम्मेद्वारहरु प्रतिस्प्रर्धात्मक रूपमा पंजीकृत सदस्य बनाउन कस्सिएर लागि परेको समाचार प्राप्त भएको छ। छ वटा स्थानीय समन्वय कार्यसमिति रहेको एनआरएनए जर्मनीमा सबै एलसीसीहरुमा उम्मेदवार पुग्ने क्रम जारी रहेको छ। एनआरएनए जर्मनीका अग्रजहरुको आशीर्वाद प्राप्त गर्न सबै उम्मेद्वारहरुले प्रतिस्पर्धा गर्दै आएका छन् ।

कुन उम्मेदवार को सँग सम्बन्धित छन्?

रण बहादुर साउद

एनआरएनए जर्मनीको अभियानमा निरन्तर काम गर्दै आएका रण बहादुर साउदको दोस्रो कार्यकाल उपाध्यक्षको जिम्मेवारी समाल्दै आगामी कार्यकालको नेतृत्व आफूले पाउनु पर्नेमा विश्वास राख्दछन। उनी भन्दछन कम बोल्ने र भाषण गर्ने भन्दा काममा विश्वास राख्दछन। उनी स्वतन्त्र एनआरएन मात्र भएको बताउने गर्दछन्। ग्लोबलका पूर्व प्रमुख संरक्षक राम थापा र ग्लोबलका उपाध्यक्ष कुमार पन्तले छौटौ अधिवेशनको स्वागत मन्तव्यमा रण बहादुर साउदको पक्ष लिएका थिए।

प्रेम पोमु

एनआरएनए जर्मनीको अभियानमा निरन्तर काम गर्दै आएका प्रेम पोमु वर्तमान उपाध्यक्षको जिम्मेवारी समाल्दै आगामी नेतृत्व आफूले पाउनु पर्नेमा विश्वास राख्दछन। नेपाल आदिवासी जनजाति महासङ्घ जर्मनीको अध्यक्ष, नेपाल पत्रकार महासङ्घ युरोपको कोषाध्यक्षमा कार्यरत रहेका छन् भने बैद्य माओवादी र युरोप डीआरसी दावा शेर्पाको साथ,समर्थन रहेको बुझिन्छ।

विजय मोक्तान

नेपाली जनसम्पर्क समिति जर्मनीका पूर्व अध्यक्ष समेत रहेका मोक्तान नेपाली जनसम्पर्क समिति जर्मनीले आगामी कार्यकाल २०१७-२०१९ को लागि अगाडी सारेको उम्मेदवार हुन भन्ने विजय मोक्तान २००९-०११ कार्यकालमा केन्द्रीय सदस्य र ईभेन्ट कोर्डिनेटर रहेका मोक्तान एनआरएनएको अभियानमा सल्लाहकार संरक्षक हुँदै टाक्स फोर्सको रूपमा निरन्तरता दिँदै आएको बताउँदै आफू आगामी कार्यकाल २०१७-०१९ को नेतृत्वको दावेदारी गरेको बताउछन। उनलाई जनसम्पर्क समितिमा अस्था राख्नेहरु, विभिन्न सङ्घ सस्थाहरुको साथ समर्थन रहेकोछ। नेपाली जनसम्पर्क समिति जर्मनीको सिफारिसमा एनआरएनए जर्मनीको अध्यक्ष बनेका तिनै जना पूर्व अध्यक्ष दिल गुरुङ, पुष्प थापा,हरेन्द्र वनेम र आईसीसी सदस्य सुरेन्द्र प्रधानको समर्थन रहेको बुझिन्छ।

यज्ञराज सुबेदी

चितवन समाज जर्मनीका संस्थापन वर्तमान अध्यक्ष समेत रहेका यज्ञराज सुवेदी २००९-०११ कार्यकालमा उपाध्यक्षको जिम्मेवारी समाली सकेका छन्। गत २०११-०१३ कार्यकालमा पनि अध्यक्षका उम्मेदवार रहेका थिए बिचमा ग्याप रहे पनि सुवेदी एनआरएनए जर्मनीको अभियानमा सल्लाहकार संरक्षकको रूपमा निरन्तरता दिएको बताउछन। आफू एउटा समाज सेवक भएकोले एनआरएनए जर्मनीको आगामी २०१७-०१९ को कार्यकालको नेतृत्वको लागी अगाडी बढेको बताउछन। संगठनिक रूपमा चितवन समाज र चितवन समाजका संरक्षक जिबा लामिछाने, वर्तमान अध्यक्ष नवराज रोस्यारा, पूर्व आईसीसी सदस्य सन्तोष भट्टाराई र अघोषित रूपमा एमालेको भातृसंगठन प्रवासी नेपाली मञ्च तथा अरू सङ्घ सस्थाहरुको पनि समर्थन रहेको बताउछन। स्मरण: रहोस् नेपाली प्रवासी मञ्च जर्मनीले गत गत साल जस्तै यस पटक आज सम्म पनि औपचारिक रूपमा आफ्नो उम्मेदवार घोषणा गरेको छैन।

गैर आवासीय नेपाली सङ्घ जर्मनीको निर्वाचनको लागि उम्मेद्वारहरु मैदानमा जति लागी परे पनि निर्वाचन हुन्छ कि हुँदैन भन्ने कुरामा अझै पनि ढुक्क छैन। सधैँ सहमतिमा टिके प्रथा रहेने गरेको हुनाले जनमानसमा अझै पनि दोधारे धुर्मुरको भावना मेटिएको छैन। निर्वाचन आयोगले कुनै तयारी नगरेको र निर्वाचन समबन्धित कुनै कार्य तालिका पनि निकाल्न सकेको छैन। राजनीतिक पार्टीको भागबन्डाको आधारमा बनाइएको निर्वाचन आयोग निर्वाचन भन्दा पनि आफ्नो उम्मेदवारलाई जिताउने पक्षमा उभिएको देखिन्छ।

गैर आवासीय नेपाली सङ्घको ग्लोबलका उपाध्यक्ष कुमार पन्त यस पटक ग्लोबल अध्यक्षका उम्मेदवार भएकोले एनआरएनए, जर्मनीमा सहमति भएर पन्तलाई ग्लोबलको अध्यक्षको लागी जर्मनीमा रहने सबै नेपालीहरूको साथ,समर्थन दिनु अति आवश्यक र समय सान्दर्भिक देखिन्छ। ग्लोबलका अर्का अध्यक्षका उम्मेदवार जापान निवासी भवन भट्टको देशमा सहमितिबाटै गैर आवासीय नेपाली सङ्घ जापानको नेतृत्व चयन भएको छ।