एनआरएन विश्व सम्मेलनमा जमुना घलेको उम्मेदवारीको चर्चा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

एनआरएन विश्व सम्मेलनमा जमुना घलेको उम्मेदवारीको चर्चा



काठमाडौं,
एनआरएनहरुको कुम्भमेला आज देखि काठमाडौंको ह्यात होटलमा शुरु भएको छ । एक भव्य कार्यक्रमका बीच उक्त कार्यक्रमको उद्घाटन राष्ट्रपती विद्यादेवी भण्डारीले गरेकी हुन ।

विश्वभरबाट नयाँ नेतृत्व चुन्न र एनआरएन ए को रुपान्तरण गर्न काठमाडौंमा भेला भएका तीनहजार बढी सदस्य उपस्थित रहेको सो कार्यक्रमको अध्यक्षता शेष घलेले गरेका थिए भने नेपाल सरकारका कैयौं मन्त्रीहरु, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, नेपाल राष्ट बैंकका गभर्नर युवराज खतिवडासमेतको उपस्थिति रहेको थियो ।

जमुना घलेको उम्मेदवारीको चर्चा 

एनआरएन ए को चुनावी माहोल तातिरहेको तथा विश्वभरबाट सहभागीहरु उपस्थित भइरहेको बेला एकाएक जमुना घलेले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि उनको चर्चा चुलिएको छ ।

जमुना घले लामो समय देखि अष्ट्रेलियामा व्यवसाय गर्दै आइरहेकी महिला हुन, त्यो भन्दा फरक उनी शेष घलेकी श्रीमती पनि हुन । एनआरएन ए मा नयाँ नेतृत्वको चर्चा चल्दै गर्दा उनले एक्कासी उम्मेदवारी त दिइन तर उनको उम्मेदवारीले पहिला विजयन्मुख देखिएको एउटा पक्षलाई पुरै निराश तुल्याएको छ भने अर्को ठुलो तप्कालाई भने खुशी तुल्याएको छ ।
जमुना घले वर्षौ देखि अष्ट्रेलियामा व्यवसाय गर्दै आएकी छन, उनी अष्ट्रेलियाका धनीहरुको सूचीमा ११औं नं. मा पर्छिन । एनआरएनका हालका अध्यक्ष उनका श्रीमान हुन ।

आश्चर्यजनक तरिकाले उम्मेदवारी दिएकी घलेले हिमाल पोष्टसँग कुरा गर्दै भनीन मेरो उम्मेदवारीबाट न त कोही अचम्भित हुनु पर्छ न कोही तर्सिनु पर्छ । मेरो उम्मेदवारी एनआरएनका विगतमा शुरु गरिएका दिर्घकालिन योजनाहरुलाई निष्कर्षमा पुर्याउनको लागि हो ।

तपाई बाहेक अरु कसैले ती योजनालाई अन्तिमरुप दिन सक्दैन ? भन्ने हिमाल पोष्टको जिज्ञाशामा उनले थपिन अब आउने भनिएको नयाँ नेतृत्वले लाप्राकको एकिकृत बस्ती निर्माण र एनआरएन ए को निर्माणाधिन भवन लगायतका प्रोजेक्टहरु थाती राख्ने कुरा बाहिर आयो त्यो हामीबाट सहन हुन सकेन, भुकम्प पछि घरविहिनहरुलाई घर दिने जस्तो कुरामा खेलवाड भएको मैले हेर्न सक्दिन त्यसैले मैले उम्मेदवारी दिने जोखीम मोलें ।

एनआरएन ए ले लाप्राकमा एकहजार घर परिवारलाई घर बनाउनको लागि कार्यक्रम अगाडी बढाइसकेको छ र आफ्नै भवन पनि निर्माणाधिन छ ।

सचिवमा गणेश के.सी., संयोजकमा प्रेम सापकोटाको जित सुनिश्चित

अष्ट्रेलियाबाटै सन् २००० मा नेपाली डेमोक्रेटिक फोरमको स्थापना गरेर नेपालीहरुलाई सहयोग गर्दै आइरहेका गणेश के.सी.ले सचिवमा उम्मेदवारी दिएका छन् । एनआरएनको स्थापनाकाल देखि नै सकृयरहेका के.सी. फरक काम गर्न खोज्ने युवाका रुपमा चिनिन्छन । एक करोड पचास लाख रुपैया संकलन गरेर एनआरएन सोसियल वेलफेयर उनैले शुरु गरेका थिए । उक्त वेलफेयरको माध्यमबाट गरीब, पीडित तथा समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेका छन् । कम बोल्ने तर धेरै काम गर्ने स्वभावका गणेश के.सी.को जीत निश्चित भएको कार्यक्रममा उपस्थित केही सहभागीहरुले बताए ।

हिमाल पोष्टसँग कुरा गर्दै उनले भने चुनाव आउने बेलामा मात्र सकृय हुने तर सामाजिक सेवामा नाम समेत नसुनिने एनआरएनहरु एनआरएन हुनै सक्दैनन् । आफ्नो सचिवको उम्मेदवारी आइसिसि र एनसिसिको वीचको दुरीलाई कमगर्ने पुराना राम्रा योजनाहरुलाई सफल पार्न सहयोग गर्ने, नेपालमै अन्तराष्ट्रियस्तरको भोकेस्नल एजुकेशन सेन्टर स्थापना गर्ने, कृषि र पर्यटनलाई प्रर्बद्धन गरी हजारौं युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण श्रृजना गर्ने लक्ष्य रहेको बताए ।
ओसियाना संयोजकमा उम्मेदवारी दिएका प्रेम सापकोटा पनि उर्जावान युवा हुन, उपस्थित केही सहभागीहरुले उनको पनि जित सुनिश्चित रहेको बताए । सापकोटा हङकंङ देखि अष्ट्रेलियासम्म लामो समय देखि व्यवसाय गर्दै आएका युवा व्यवसायी हुन् । उनकै संयोजनमा एकलाख डलरको वेलफेयर कार्यक्रम सम्पन्न भएको थियो ।