जनसम्पर्क समिति अष्ट्रेलियाको चियापान कार्यक्रम - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जनसम्पर्क समिति अष्ट्रेलियाको चियापान कार्यक्रम



असोज २७, काठमाडौं-

NRNA अन्तर्गतको जनसम्पर्क समिति अष्ट्रेलियाले राजधानीमा चियापान कार्यक्रम गरेको छ ।

अष्ट्रेलिया तथा न्युजिल्याण्डबाट NRNA ICC को विश्व सम्मेलनको लागि सहभागी हुन आएका प्रतिनिधिहरुबीच एकता र सद्भावको वातावरण बनाउन समितिले चियापान कार्यक्रमको आयोजना गरेको थियो ।

जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेत प्रमुख अथिति तथा नेविसंघका अधक्ष नैंन सिंह महर, NRNA ICC का अध्यक्ष शेष घले, नेपाली काँग्रेसका नेता नवराज गुरुङ, NRNA अध्यक्ष पदकी उम्मेदवार जमुना घले लगायतको आथित्यता रहेको थियो ।

कार्यक्रममा जनसम्पर्क समिति अष्ट्रेलियाले अध्यक्षका उम्मेदवार जमुना गुरुङलाई विजयी गराउन अपिल समेत गरेको थियो साथै ओशियान संयोजकमा प्रेम सापकोटा, सचिवमा गणेश केसी र महिला संयोजकमा भुमा लिम्बु अष्ट्रेलियाबाट भएकोले विजयी गराउन सहयोग गर्न समेत अपिल गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै जमुना घलेले ICC का सुरु गरिएका प्रोजेक्टहरु सम्पन्न गर्न आफ्नो जितले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै लाप्राकमा सुरु गरिएको बस्ती निर्माण तथा NRNA बिल्डिंग निर्माण जस्ता काम सम्पन्न गर्नुपर्ने भएकोले आफूले उम्मेदवारी दिएको बताएकी थिइन ।

राजधानीको दरवारमार्गमा भएको उक्त कार्यक्रममा शुरेश गुरुङले सहभागीलाई स्वागत गरेका थिए, विश्व सम्मेलनका लागि आएका थुप्रै सहभागी उपस्थित थिए ।