एनआरएनएको उपाध्यक्ष पदमा कतारबाट नरेन्द्र भाटले उम्मेदवारी दिने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एनआरएनएको उपाध्यक्ष पदमा कतारबाट नरेन्द्र भाटले उम्मेदवारी दिने



विष्णु अधिकारी/दोहा कतार

गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदको आठौ विश्वसम्मेलन तथा नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनमा उपाध्यक्ष पदमा कतारबाट नरेन्द्र भाटले उम्मेदवारी दिने भएका छन् ।

२००३ देखि गैर आवासीय नेपाली  सङ्घको कतारको अभियानमा सक्रिय हुँदै आएका भाट २००६ मा एनआरएनए कतारको महासचिव हुँदै २००९ एनआरएनए कतारकै अध्यक्ष जिम्मेवारी सफलतापूर्वक निभाउदै २०१३देखि २०१५ सम्म को कार्यकालका लागि गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदको मध्य पूर्व संयोजकको जिम्मेवारी समेत सफलतापूर्वक निभाइसकेका छन् ।

यसअघि पनि २ पटक उपाध्यक्ष पदमा उम्मेदवारी दिएपनि मध्यपूर्वबाट अन्य उम्मेदवार पनि खडा हुँदा झिनो मतले भाट पराजित हुन पुगेका थिए । तर, यो पटक मध्यपूर्वबाट अहिलेसम्म उपाध्यक्ष पदमा कसैको पनि उम्मेदवारी नपर्दा तथा बलियो उम्मेदवारका रूपमा भाटनै रहेका हुँदा उनले उपाध्यक्षमा पुन: उम्मेदवारी दिन लागेका हुन ।

विगत लामो समय देखि कतारलाई कर्मथलो बनाएर सफल व्यवसायीको पहिचान बनाएका भाट विभिन्न सामाजिक कार्यमा पनि सक्रिय रूपमा लागि रहेका छ्न। यस पटक भने मध्यपूर्वका एनआरएन अगुवाहरुको साथ लिएर अघि बढन लागेको बुझिएको छ ।

एनआरएन अभियानमा पदमा रहदा होस या नरहदा आफू निरन्तर लागिरहेको बताउँदै भाटले एनआरएनए आइसीसीमा मिडलइष्टको प्रतिनिधित्वका लागि पनि आफूले उम्मेदवारी दिने सोच बनाएको बताएका छन् । ‘मध्यपूर्वको माग र आवश्यक्तालाई सम्बोधन गराउन पनि आइसीसीमा मध्यपूर्वको प्रतिनिधित्व जरुरी छ । यसैका लागि मध्यपूर्वी क्षेत्रका अगुवाहरु तथा धेरै साथीहरूको सल्लाहले मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिने मनशाय बनाएको छु’ आफ्नो उम्मेदवारी बारे संक्षिप्त प्रतिक्रिया दिँदै भाटले भने ।

गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदको आठौ विश्वसम्मेलन तथा महाअधिवेशन यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौमा हुँदैछ ।