एनआरएनएको रौनक बढ्दै, यी हुन् उम्मेदवार - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एनआरएनएको रौनक बढ्दै, यी हुन् उम्मेदवार



असोज २७, काठमाडौँ-

गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)को आगामी नेतृत्वका लागि अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।  अध्यक्षका लागि भवन भट्ट, जमुना गुरुङ र टीबी कार्कीले उम्मेदवारीको घोषणा गरेका छन् ।

भवन भट्ट र कार्कीले केहिअघिनै आफ्नो उम्मेदवारी घोषणा गरे पनि गुरुङले भने बिहीबार एक कार्यक्रमको आयोजना गरेर उम्मेदवारी जनाएकी हुन् ।

यही शनिबारदेखि राजधानीमा सुरु हुने आठौं महाधिवेशनले एनआरएनएको नयाँ नेतृत्व चयन गर्नेछ ।
एनआरएनएको उपाध्यक्षका लागि अहिलेसम्म कुमार पन्त, खगेन्द्र जीसी, सोनाम लामा, चिरञ्जीवी थापाले उम्मेदवारी घोषणा गरेका छन ।

त्यस्तै महिला उपाध्यक्षमा रञ्जु वाग्ले र सपिला राजभण्डारीले उम्मेदवारी दिने तयारी गरेकी छन ।  महासचिवमा त्रिलोक गुरुङ र बद्री केसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

अध्यक्षका प्रत्याशी भट्ट र गुरुङले आफ्नो समूह बनाएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गर्दै छन ।  अध्यक्षका प्रत्याशी भट्टको जापानसहित युरोपका विभिन्न देशका रेष्टुराँमा लगानी रहेको छ ।  त्यस्तै मिडिया तथा उड्डयन क्षेत्रमा पनि उनले लगानी गर्दै आएका छन ।  अध्यक्षका अर्का उम्मेदवार सन् १९९० को दशकमा अष्ट्रेलिया प्रवेश गरेकी घले दम्पती अष्ट्रेलियाका एक सय धनी व्यक्तिको सूचीमा पर्न सफल छिन ।  गुरुङलाई पनि अष्ट्रेलियाको एक दैनिक पत्रिकाले एघारौं धनी महिलाको सूचीमा राखेको थियो ।  गुरुङ वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती हुन ।