एनआरएनए साउथ अस्ट्रेलियाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एनआरएनए साउथ अस्ट्रेलियाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न



 

अस्ट्रेलिया

गैर आवाशीय नेपली संघ साउथ अस्ट्रेलियाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। आउदै गरेका नेपाली चाडपर्वहरु दशैं, तिहार , नेपाल संवत एवं छठ पर्वको अवसरमा प्रिन्सेस एलिजाबेथ प्ले ग्राउण्डमा उक्त कार्यक्रम गरिएको थियो। संघका सचिब प्रकाश पनेरुले औपचारिक कार्यक्रममा स्वागत मन्तब्य दिदै नेपालकै चाडपर्वको आभास दिलाउने गरि प्रवासी भूमिमा गरिने यस प्रकारका कार्यक्रमहरुले सामाजिक सद्भाव र एक अर्का प्रति सामिप्यता बढाउने बताउदै उपस्थित सबैलाई शुभकामना ब्यक्त गर्दै स्वागत गरेका थिए।

नेपाल बाट साउथ अस्ट्रेलिया घुम्न आएका अभिभावक तोयनाथ अधिकारीले कार्यक्रममा बोल्दै एनआरएनएले चाडपर्वहरुको अवसरमा सबै नेपालीहरुलाई एकै ठाऊमा भेट्ने अवसर जुटाईदिएकोमा आयोजकलाई धन्यबाद ब्यक्त गरेका थिए। अधिकारीले फरक प्रसङ्ग निकाल्दै पार्टीगत कारणले गर्दा देश लथालिंग भएको बताउदै त्यस प्रकारको गन्ध प्रबासमा रहेका संस्थाहरुमा देखिन नहुने बताउदै सजक समेत गराएका थिए।

कार्यक्रममा एनआरएनए आईसिसी सदस्य गोकुल घिमिरेले साउथ अस्ट्रेलियामा सन् २०१४ बाट सामुहिक रुपमा दशैँ मनाएको स्मरण गर्दै यस प्रकारको कार्यक्रमले घर , परिवार छोडेर टाडा आएका नवआगन्तुकहरुलाई पर्वहरुको न्यास्रोपन मेटाउन समेत सहयोग पुग्ने बताएका थिए।

कार्यक्रम संयोजन गर्न सहयोग पुराउने सबैमा धन्यबाद ब्यक्त गर्दै नेपाली संस्कृतिहरु सँगै नेपाली मनहरु पनि जोडिएको हुदा यस प्रकारका कार्यक्रमहरुलाई संघले आगामी दिनमा समेत निरन्तरता दिने बताउदै एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक अशोक केशीले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमका संयोजक रजनेश श्रेष्ठ, माहाबाणिज्यदुत दिपक धमला , एडीलेड खुकुरी फुटबल क्लबका सचिब राजन लामिछाने , व्यवसायी बिपिन जोशी , फुन्साका अध्यक्ष दया पराजुली, दिपक बिष्ट लगायतले शुभकामना ब्यक्त गरेका थिए।साउथ अस्ट्रेलियाका सामाजिक संघ संस्थाका पदाधिकारीहरु तथा एडीलेडबासी नेपालीहरुको सहभागिता रहेको उक्त कार्यक्रम संचालन शिव रिमालको रहेको थियो। कार्यक्रममा निशुल्क नेपाली खाना सहित मनोरन्जनात्मक कार्यक्रम समाबेश गरिएको थियो।